नेभिगेशन
मुख्य समाचार

विद्युत प्राधिकरण कोशी प्रदेशमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरू धर्नामा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूले मासिक तलबको माग गर्दै सोमबार कार्यालयमा धर्ना बसेका छन् । 

नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति, कोशी प्रदेशको अगुवाइमा भएको धर्नामा उनीहरुले आफूहरूलाई मासिक तलबमा रूपान्तरण गर्न माग गरेका छन् । संघर्ष समितिका कोशी प्रदेश अध्यक्ष विनोद गनगाईंका अनुसार धर्ना दुई दिनसम्म जारी रहनेछ । उनले आन्दोलन पूरा नहुञ्जेल थप संघर्षका कार्यक्रम निरन्तर चल्ने जानकारी दिए । 

२०७८ साउन ३१ गतेको प्राधिकरण सञ्चालक समितिको ९४९ औँ बैठकले सबै दैनिक ज्यालादारी श्रमिकलाई मासिक तलबमा रूपान्तरण गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नहुँदा श्रमिकहरू आन्दोलित बनेका हुन् । अहिले श्रमिकहरूले दैनिक ७३५ रुपैयाँका दरले तलब पाउँदै आएका छन् । तर संघर्ष समितिले उनीहरूलाई न्यूनतम २५,७५० रुपैयाँ मासिक तलब दिनुपर्ने माग अघि सारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुर्गा प्रसाईले खोलेको 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

दुर्गा प्रसाईले खोलेको 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

प्रसाई संरक्षक रहने गरी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानलाई नै पार्टीकारुपमा दर्ता गरिएको छ । अहिले दुर्गा प्रसाईका सहयोगी माधव खतिवडा कल्पितको नेतृत्वमा नागरिक बचाउ...
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।
रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

सम्पूर्ण नेपाली जनताको एउटै चाहना रहेको र त्यसका लागि उहाँहरु सबै एकै ठाउँमा सँगै उभिन उनले आग्रह समेत गरेरका छन् । गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको...