नेभिगेशन
मुख्य समाचार

पर्यटन मन्त्रालयद्वारा ‘पर्यटन नीति २०८२’ सार्वजनिक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन नीति २०८२ सार्वजनिक गरेको छ । 

सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन नीति २०८२ सार्वजनिक गरेका । पर्यटन नीति सार्वजनिक गर्दै मन्त्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट पारे । 

CG

निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने उनको भनाइ छ । मन्त्री पाण्डेले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । उनले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरु समेत अघि बढिसकेको उल्लेख गरे । 

मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटन नीति २०८२’ मा ‘अद्धितीय पर्यटकीय गन्तव्य ः नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराए । नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

मेरिकीले डिभी लोटरी कार्यक्रम अस्थायीरुपमा रोकेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमका अनुसार ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा  डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने...
रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न ३ सय ५२ जनाको आवेदन, कुन प्रदेशबाट कोको छन् ? (सूचिसहित)

रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न ३ सय ५२ जनाको आवेदन, कुन प्रदेशबाट कोको छन् ? (सूचिसहित)

पुस ३ गते सार्वजनिक भएको आकांक्षीहरुको सूचिमा कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१ जना,बागमती प्रदेशबाट ९४ जना,  गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना, कर्णालीबाट २० जना र सुदूरपश्चिमबाट...
रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

रविबारे आफूले गत वर्षदेखि पटक पटक उठाउँदै आएको कुरा अदालतबाट भएको उल्लेख गर्दै उनले भनेका छन् ,‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त...