नेभिगेशन
मुख्य समाचार

फोहोर मैलाको कर्मचारी हुँ भन्दै १३ लाख बढी उठाउने व्यक्ति पक्राउ

काठमाडौँ । आफूलाई फोहरमैलाको कर्मचारी हुँ भन्दै काठमाण्डौँमा रकम उठाउदै हिंडेका एक जना पक्राउ परेका छन् । दोलखा सैलुङ गाउँपालिका २, घर भई हाल काठमाडौँको वडा नम्बर ६ बस्दै आएका २८ बर्षका राजु लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । 

उनलाई गोप्य सुचनाको आधारमा काठमाण्डौं महानगरपालिका वडा नं ३१ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफू काठमाडौँ महानगरपालिकाको फोहर मैलाको कर्मचारी हूँ” भन्दै रकम उठाउँदै गरेको अवस्थामा प्रहरीले रंगे हात पक्राउ गरेर अनुसन्धान गर्दा उनी महानगरपालिकाको कुनै कर्मचारी नभएको खुल्न आएको थियो । 

City Express

प्रहरीका अनुसार लामाले पटक पटक गरी हाल सम्म १३ लाख २५ हजार रकम विभिन्न व्यक्तिबाट असुली गरेको खुल्नमा आएको जनाएको छ । पक्राउ परेका लामाको साथबाट रकम उठाउन प्रयोग गरेको उल्लेखित रसिद, बिल बीजक समेत बरामद गरिएको र उनीमाथि थप अनुसन्धान भैइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले बुधबार नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन ।
जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

आइतबार आयोगको टोलीले नख्खु कारागार अनुगमन गरेको थियो । सो क्रममा पनि आयोगका पदाधीकारीसँग रविको कुराकानी भएको थियो। सोही  दिन स्थलगत निरिक्षणपछि आयोगले नख्खुका जेलर सत्यराज जोशीसँग बयान...
टिपर दुर्घटनामा एक जनाको मृत्यु

टिपर दुर्घटनामा एक जनाको मृत्यु

बा५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।