नेभिगेशन
समाज

फोहोर मैलाको कर्मचारी हुँ भन्दै १३ लाख बढी उठाउने व्यक्ति पक्राउ

काठमाडौँ । आफूलाई फोहरमैलाको कर्मचारी हुँ भन्दै काठमाण्डौँमा रकम उठाउदै हिंडेका एक जना पक्राउ परेका छन् । दोलखा सैलुङ गाउँपालिका २, घर भई हाल काठमाडौँको वडा नम्बर ६ बस्दै आएका २८ बर्षका राजु लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई गोप्य सुचनाको आधारमा काठमाण्डौं महानगरपालिका वडा नं ३१ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफू काठमाडौँ महानगरपालिकाको फोहर मैलाको कर्मचारी हूँ” भन्दै रकम उठाउँदै गरेको अवस्थामा प्रहरीले रंगे हात पक्राउ गरेर अनुसन्धान गर्दा उनी महानगरपालिकाको कुनै कर्मचारी नभएको खुल्न आएको थियो । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार लामाले पटक पटक गरी हाल सम्म १३ लाख २५ हजार रकम विभिन्न व्यक्तिबाट असुली गरेको खुल्नमा आएको जनाएको छ । पक्राउ परेका लामाको साथबाट रकम उठाउन प्रयोग गरेको उल्लेखित रसिद, बिल बीजक समेत बरामद गरिएको र उनीमाथि थप अनुसन्धान भैइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...