नेभिगेशन
मुख्य समाचार

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । 
 
सोमबार नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

 यसैबीच कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ । सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गएको असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारसँग बहुमत कायम छ ।  

तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम साउन १७ गतेभित्रमा मुख्यमन्त्री शाहले विश्वासको मत लिइसक्नुपर्छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनुभएका रामेश्वर चौधरीलाई आर्थिक पारदर्शिता र सुशासन कायम गर्न मुख्यमन्त्रीबाट भएको आग्रह बेवास्ता गरिएपछि उनलाई पदमुक्त गरिएको थियो ।

 त्यस लगत्तै सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारका मन्त्री पदमुक्त भएको यो घटनापछि प्रतिनिधिसभामा, सो पार्टीको संसदीय दलले पनि सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको थियो ।
  
प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ प्रदेशसभा सदस्य छन् । प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।