नेभिगेशन
मुख्य समाचार

विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह

काठमाडौँ । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ । 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गर्नु भएको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरुले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने उल्लेख छ । 

City Express

अपानी–१२ मा मातहतका कमिटीबाट  प्राप्त सुझाव उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष  विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्ने छन् ।  यी तीनै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा संशोधनसहित पारित गरिएको छ । 

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था गरिएको अपानी–१२ मा उल्लेख छ । दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनित भएका आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष ओलीले जारी गरेको अपानी–१२ मा उल्लेख छ । 

अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको उल्लेख गर्दै पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो रहेको बताए । 

“वर्तमानमा हामी राष्ट्रिय राजनीतिको केन्द्र भागमा छौ र हाम्रो पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो छ । तर हामीले यतिकैमा सन्तोष गरेर बस्नु हुँदैन,” अध्यक्ष ओलीले जारी गरेको अपानी–१२ मा उल्लेख गरिएको छ , “अब हाम्रो यात्रा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र राष्ट्रिय गन्तव्य पुरा गर्ने कुरामा केन्द्रित हुनुपर्दछ । जनप्रतिनिधिमूलक निकायको कामलाई थप प्रभावकारी बनाउन जोड दिनु पर्ने आवश्यक छ । त्यसका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु पर्नेछ । ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नुछ ।”

एमालेको अपानीमा समग्रतामा पार्टीको सङ्गठनात्मक जीवन पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको देखिएको उल्लेख गरिएको छ । 

“पार्टीका बैठक, कार्यक्रम र अभियानमा कार्यकर्ताको सहभागितामा बृद्धि हुँदै गएको छ । तर पार्टीको योजना अनुरूप अझै पनि पार्टी कामलाई आधारभूत तहमा र जनसङ्गठनका  कामलाई समुदायकेन्द्रित गर्न सकिएको छैन । नेपाली समुदायको बढ्दो उपस्थितिको सापेक्षतामा प्रवासको कामलाई अझै विस्तार गर्न सकिएको छैन ।

पार्टी निर्माणमा पार्टी नेतृत्व र कार्यकर्ताको स्वपरिचालनको अवस्थामा थप सुधार ल्याउनुपर्ने अवस्था देखिन्छ,” पार्टी अध्यक्ष ओलीले जारी अपानीमा भनिएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तथा ‘मिसन ८४’ सफल बनाउनका लागि पार्टीको सङ्गठनात्मक कामलाई थप सुधार गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ । 

पार्टीले सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन– १२ जारी गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघर दीप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघर दीप प्रज्वलन

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन्...
असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

दशैं नजिकिएसँगै असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ ।
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरिक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने...