नेभिगेशन
मुख्य समाचार

स्थानीयले सांसदलाई पक्राउ गरेर हली बनाएपछि...

काठमाडौँ । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे ।

त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन् । 

CG

त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन् । स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो । सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ । खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए । 

महिलाहरुले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्याएका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले  बताए ।

मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावि बनेको छ । सांसद चौधरीले भने, “गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,” । 

कृषि विभागले यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको जनाएको छ । विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४०।१८ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१।८२ प्रतिशत मात्र रोपाइँ भएको हो । यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६।११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ ।
एमालेको नयाँ नेतृत्वका लागि आज मतदानः ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

एमालेको नयाँ नेतृत्वका लागि आज मतदानः ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार मंगलबार मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि सोमबार राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली...
पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५...