नेभिगेशन
मुख्य समाचार

चिया बगान बाहेक अन्य रुपमा प्रयोग गरे गिरीबन्धु टी–‍इस्टेटको जग्गा स्वतः सरकारको हुन्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतःसरकारको हुने बताएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसंगको छलफलका क्रममा मन्त्री अधिकारीले गिरीबन्धु टी–‍इस्टेट चिया बगानका लागि लिएको जग्गा भएकाले अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने बताए । प्रयोजनबाहेकको काममा गिरीबन्धु टी–‍इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने उनले बताए । 

City Express

‘चिया बगानको निम्ती लिएको जग्गा कहाँ अर्कोमा परिण गर्ने कहाँ भनेको छ ? त्यो अर्कोमा परिणत गर्न पाइन्न । त्यही उद्देश्यमा काम गर्नुपर्छ । यदि त्यो उद्देश्यमा काम गर्दैन भने त्यो स्वतः सरकारको हुन्छ ।’ मन्त्री अधिकारीले भने । 

मन्त्री अधिकारीले तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था रहेको जानकारी दिए । उनले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यसअनुसार नै जग्गा वितरण हुने स्पष्ट पारे । भूमिहीन दलित तथा सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढाइने उनको भनाई छ । 

विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ बास्तविक जनताको समस्या समाधान हुने गरि विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघर दीप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघर दीप प्रज्वलन

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन्...
असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

दशैं नजिकिएसँगै असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ ।
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरिक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने...