नेभिगेशन
समाज

सरकारका विरुद्ध प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए । उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समिक्षा भएको बताए ।  उनले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका छन् । 
त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अव सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गरेका छन् ।

बिगतमा भएका कमीकमजोरीहरुलाई सच्चाएकार अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए । विश्वकर्माले भाद्रको अन्तिमतिर देशव्यापीरुपमा मोर्चाको कार्यक्रमहरुलाई अघि बढाइने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

भर्खरै