नेभिगेशन
मुख्य समाचार

सरकारका विरुद्ध प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ । 

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए । उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताएका छन् । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समिक्षा भएको बताए ।  उनले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका छन् । 
त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अव सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गरेका छन् ।

बिगतमा भएका कमीकमजोरीहरुलाई सच्चाएकार अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए । विश्वकर्माले भाद्रको अन्तिमतिर देशव्यापीरुपमा मोर्चाको कार्यक्रमहरुलाई अघि बढाइने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।