नेभिगेशन
समाज

बर्खामा पनि ढोरपाटनमा  पर्यटक भरिभराउ

बागलुङ । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ ।  बुकीपाटन पुगेका पर्यटकह गोठमै बस्ने र खाने गर्दा  भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो । 

Ncell
Extreme Energy

गोठालाले उत्पादन गरेको दूध, दही र महीसमेत बुकीपाटनमै खपत भएपछि आयआर्जनमा वृद्धि भएको गोठालाहरु बताउँछन् । उनीहरुले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन् ।  भैँसी पालेर घ्यू उत्पादन गरेर बिक्री गर्दै आउनुभएका बुकीपाटनका भैंसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरीचरनका रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । 

 “पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही त फालिन्थ्यो, अहिले बर्खामा पर्यटक भरिभराउ छन् बुकीपाटनमा पर्यटकहरु आएपछि महीसमेत बिक्री हुन्छ”, उनले भने, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खिर पकाएर पर्यटकलाई खुवाइन्छ, गोठमै दूध, मही बिक्री भएपछि बोकेर ढोरपाटन ल्याउनैपर्ने भएन ।”

बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताए । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनले बताए ।  दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाइको बताउन्छन् ।

उनको गोठमा एकै दिन १०० गिलाससम्म चिया खपत भएको छ । तीन वटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाइको चेप्टेढुङ्गामा अस्थायी घुम्ती गोठ छ । पदयात्राको छेउमै गोठ भएकाले दूध र चिया असारयता निकै खपत भएको उनी बताउन्छन् । 
 

“बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मिठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो सिजनमा घ्यू बनाउन आवश्यक छैन”, कुमाइले भने, “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मही समेत अहिले महँगो मूल्यमा बिक्री हुन्छ, घण्टौँ हिँडेका पदयात्रीले मिठो मानेर मोही, दही, चिया खाने गरेका छन् ।” ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि बुकीपाटन यसपटक गुल्जार बनेको छ । 

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी गर्ने, घरबासमा बस्ने र गोठमा बस्ने पर्यटकका कारण आय आर्जनमा सघाएको छ । ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् । समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रामबहादुर थापाले संसदमा राखेका चार विकल्प

रामबहादुर थापाले संसदमा राखेका चार विकल्प

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान राजनीतिक परिस्थितिबाट निकासका लागि प्रतिनिधिसभामा चारवटा विकल्प प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री शाह र सञ्चारमन्त्री तिमिल्सिनाबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री शाह र सञ्चारमन्त्री तिमिल्सिनाबीच के भयो कार्यसम्पादन सम्झौता ?

प्रधानमन्त्री बालेन्द्र शाह र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
मन्त्रिपरिषद्का यी हुन् ११ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ११ निर्णय

सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।