नेभिगेशन
मुख्य समाचार

विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता काठमाडौंमा सुरु

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबार देखि काठमाडौंमा सुरु भएको छ ।


दुई दिन सम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको हो । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहेको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।
छनौटका लागि भारतबाट १० खेलाडी र नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडीले सहभागीता जनाएका छन् ।


नेपालबाट समान ४–४ पुरुष/महिला खेलाडीले छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसमध्ये पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल र महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष/महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन् ।


विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओली(तस्बिरहरु)

नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओली(तस्बिरहरु)

बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका हुन् । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्‍याली गरेका थिए ।
मन्त्री घिसिङद्वारा कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन

मन्त्री घिसिङद्वारा कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुलको निर्माणको अनुगमन गरेका...
लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिए । देश आज विषम...
‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

नेकपा एमालेले शुक्रबार पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ । ‘भोलेन्टियर फोर्स’ घोषणा गर्नु अघि एमाले निकट युवाहरूले बबरमहलदेखि र्‍याली...