नेभिगेशन
समाज

वर्तमान सरकार परिवर्तन गर्ने खेलमा लागेको छैनः डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफु नलागेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफुले अन्य दलको नेताहरुलाई भेट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको स्पष्ट पारे । उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफुहरुसँग त्यो संख्या नभएको उल्लेख गरे ।    

Ncell
Extreme Energy

कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताए । नेता कोइरालाले पुर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा र्फकन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको उल्लेख गरे । 

कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संसोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिले सम्म संविधान संसोधनका लागि कार्यदल नबनाएको गुनासो गरे । निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउदै यसमा राजनैतिक दलका शीर्ष नेताहरुले चलखेल गरिरहेको उनको आरोप छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...