नेभिगेशन
समाज

सरकार भ्रष्टाचारको होइन नियन्त्रणको पर्याय भएको छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालको अन्तराष्ट्रिय छवि थप उच्च हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमाथि भएको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाल अर्को बर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने भन्दै यसले अन्तराष्ट्रिय छवि थप उच्च हुने र नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले नेपालले सन् २०१० देखि नैं आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएकोमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार आएको स्थितिले नेपाललाई आगामी बर्ष मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवसर आएको उल्लेख गरे । यसमा विगतको १५औ योजना र चालु १६ औँ योजनाले लिएका लक्ष्य समृद्ध नेपाल र सुखी नेपालीको सफल कार्यान्वयनको नतिजा देखापर्न थालेको उनले बताए । 

प्रधानमन्त्री ओलीले विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्ने सुविधा कटौति हुने अवस्था रहेको जानकारी दिए । यहि परिस्थितिको आंकलन गरेर नेपालले गत बर्षदेखि नै परराष्ट्र मन्त्रालय मार्फत अन्तर्राष्ट्रिय कुटनैतिक पहल गरिरहेको उनको भनाइ । 

उनले मुलुकको आर्थिक सुचकांक सकारात्मक हुदै गएको भन्दै अर्को बर्ष नेपाल ग्रे लिष्टबाट निस्कने दावी गरे । त्यस्तै प्रधानमन्त्री ओलीले आफु भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्याए । भ्रष्टाचार गर्ने कोहिलाई नछाड्ने उनले बताए । 

‘सरकार भ्रष्टाचराको पर्याय भयो भन्छन् । एकदुई जनालाई कारबाही गरेपछि भ्रष्टाचार भएको त छर्लङ्गै देखियो त भन्छन् । कारबाही नगर्दीए राम्रो ? काबाही गर्यो भने छ्यालब्याल रैछ नी भ्रष्टाचार ।’ उनले भने, कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न । त्यही त गर्ने होला नी । भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको त्यही होइन र  ? अनी सरकार कहाँबाट पर्याय हुन्छ ? भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ सरकार । ’ 

प्रधानमन्त्री ओलीले स्तरोन्नतिलाई दिगो बनाई राख्न केहि कानुन खारेज गर्ने, केहि संशोधन गर्ने र केहि कानुन नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको जानकारी दिए । द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको उनले बताए । 

प्रधानमन्त्री ओलीले निजि क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको समेत उल्लेख गरे । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...