नेभिगेशन
समाज

सरकार भ्रष्टाचारको होइन नियन्त्रणको पर्याय भएको छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालको अन्तराष्ट्रिय छवि थप उच्च हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमाथि भएको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाल अर्को बर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने भन्दै यसले अन्तराष्ट्रिय छवि थप उच्च हुने र नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले नेपालले सन् २०१० देखि नैं आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएकोमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार आएको स्थितिले नेपाललाई आगामी बर्ष मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवसर आएको उल्लेख गरे । यसमा विगतको १५औ योजना र चालु १६ औँ योजनाले लिएका लक्ष्य समृद्ध नेपाल र सुखी नेपालीको सफल कार्यान्वयनको नतिजा देखापर्न थालेको उनले बताए । 

प्रधानमन्त्री ओलीले विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्ने सुविधा कटौति हुने अवस्था रहेको जानकारी दिए । यहि परिस्थितिको आंकलन गरेर नेपालले गत बर्षदेखि नै परराष्ट्र मन्त्रालय मार्फत अन्तर्राष्ट्रिय कुटनैतिक पहल गरिरहेको उनको भनाइ । 

उनले मुलुकको आर्थिक सुचकांक सकारात्मक हुदै गएको भन्दै अर्को बर्ष नेपाल ग्रे लिष्टबाट निस्कने दावी गरे । त्यस्तै प्रधानमन्त्री ओलीले आफु भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्याए । भ्रष्टाचार गर्ने कोहिलाई नछाड्ने उनले बताए । 

‘सरकार भ्रष्टाचराको पर्याय भयो भन्छन् । एकदुई जनालाई कारबाही गरेपछि भ्रष्टाचार भएको त छर्लङ्गै देखियो त भन्छन् । कारबाही नगर्दीए राम्रो ? काबाही गर्यो भने छ्यालब्याल रैछ नी भ्रष्टाचार ।’ उनले भने, कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न । त्यही त गर्ने होला नी । भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको त्यही होइन र  ? अनी सरकार कहाँबाट पर्याय हुन्छ ? भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ सरकार । ’ 

प्रधानमन्त्री ओलीले स्तरोन्नतिलाई दिगो बनाई राख्न केहि कानुन खारेज गर्ने, केहि संशोधन गर्ने र केहि कानुन नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको जानकारी दिए । द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको उनले बताए । 

प्रधानमन्त्री ओलीले निजि क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको समेत उल्लेख गरे । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...