नेभिगेशन
समाज

बलात्कार मुद्दामा राजेश अहिराजलाई  पुर्पक्षकालागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका पूर्व मधेशप्रदेश प्रमुख राजेश झा अहिराजलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश पिताम्बर शर्माको इजलासले झालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । झा विरुद्ध डेरामा आइ पावर र पहुँचको धाक देखाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेकाे थियाे । 

Ncell
Extreme Energy

झालाई प्रहरीले यही साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्ध २०८१ फागुनमै जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि पूर्वप्रमुख झा फरार भएका थिए । 

उनीविरुद्ध जाहेरी दिने युवतिले झा ले आफूलाई २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरमा रहेको डेरामै पुगेर बलात्कार गरेको आरोप लगाएकी छिन् ।

अध्ययनको लागि काठमाडौँ आएकी ति युवतिको कोठामा जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेको र पानी दिएपछि मुख थुन्दै बलात्कार गरेको उनले बयानका क्रममा बताएकी छिन् ।

अहिराजले मार्ने धम्की दिदै आफूलाई करणी गरेको युवतिको बयानमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।

भर्खरै