नेभिगेशन
मुख्य समाचार

बलात्कार मुद्दामा राजेश अहिराजलाई  पुर्पक्षकालागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका पूर्व मधेशप्रदेश प्रमुख राजेश झा अहिराजलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश पिताम्बर शर्माको इजलासले झालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । झा विरुद्ध डेरामा आइ पावर र पहुँचको धाक देखाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेकाे थियाे । 

City Express

झालाई प्रहरीले यही साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्ध २०८१ फागुनमै जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि पूर्वप्रमुख झा फरार भएका थिए । 

उनीविरुद्ध जाहेरी दिने युवतिले झा ले आफूलाई २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरमा रहेको डेरामै पुगेर बलात्कार गरेको आरोप लगाएकी छिन् ।

अध्ययनको लागि काठमाडौँ आएकी ति युवतिको कोठामा जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेको र पानी दिएपछि मुख थुन्दै बलात्कार गरेको उनले बयानका क्रममा बताएकी छिन् ।

अहिराजले मार्ने धम्की दिदै आफूलाई करणी गरेको युवतिको बयानमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फजुल खर्च कटौतीमा निर्मम बने अर्थमन्त्री खनाल

फजुल खर्च कटौतीमा निर्मम बने अर्थमन्त्री खनाल

सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने मन्त्रिपरिषदले...
रास्वपाको केन्द्रीय समिति बैठक १ बजे बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक १ बजे बस्दै

पार्टीको महाधिवेशन, परिवर्तित अवस्थामा, पार्टी संगठन एवं विभाग र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति लगायतका एजेण्डा केन्द्रीय समितिले निर्णय गर्ने रास्वपाले जनाएको छ ।
यस्तो छ धुलिखेल–खावा सडकखण्डको अवस्था (तस्बिरहरु)

यस्तो छ धुलिखेल–खावा सडकखण्डको अवस्था (तस्बिरहरु)

त्यससँगै सडक डिभिजन कार्यालय भक्तपुरले सो निर्माणाधीन सडकखण्डको ठेक्का समेत रद्द गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९...