नेभिगेशन
समाज

प्रधानमन्त्री कार्यालयको खर्च घट्यो

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलेको पछिल्लो कार्यकालमा प्रधानमन्त्री कार्यालयका खर्च कम भएको छ । प्रधानमन्त्रीले सरकारका सचिवहरूलाई दिएको निर्देशनबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वयं आफ्नो वार्षिक खर्चलाई घटाउँदै लगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक खर्च व्यवस्थापनमा अधिकांश मन्त्रालयमा उच्च खर्च हुने र मितव्ययिता कायम गर्नका लागि असम्भव प्राय भनिएका इन्धन, सञ्चार महसुल, सवारीसाधन मर्मत, मसलन्द तथा कार्यालय सामग्री तथा विविध खर्च शीर्षकमा अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापक मितव्यीता हासिल भएको छ । 

Ncell
Extreme Energy

अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले गरेको खर्चको अनुपातभन्दा यस सरकारले आफ्नो कार्यालयभित्र विनियोजन भएको बजेट शीर्षकमा व्यापक सुधार गरी खर्च कटौती गरेको छ । 

यस कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२  विभिन्न शीर्षकमा खर्च कटौती भई दुई करोड छ लाख ६४ हजार बचत भएको छ । प्रधानमन्त्री कार्यालयको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को खर्चको तुलनात्मक अध्ययन गर्दा विविध खर्चमा ४५ लाख १२ हजार, अनुगमन तथा मूल्याङ्कनमा ११ लाख ५७ हजार, मसलन्द र कार्यालय सामान खरिदमा १४ लाख बचत भएको देखिन्छ । 

प्रधानमन्त्री कार्यालयले आव २०८०/८१ मा सञ्चार महसुलतर्फ रु ७९ हजार खर्च भएकामा गत आव २०८१/८२ मा ६० हजार मात्र खर्च गरेको छ । त्यसैगरी इन्धन खर्च शीर्षकमा आव २०८०/८१ मा ७३ लाख ८१ हजार २७० खर्च भएकामा आव २०८१/८२ मा रु १४ लाख ४८ हजार ८२ रूपैयाँ मात्र खर्च भई एकै शीर्षकमा ५८ लाख ८३ हजार रूपैयाँ कम खर्च गरेको हो । 

कार्यालयले आव २०८०/८१ मा मसलन्द तथा कार्यालय सामग्रीतर्फ ५१ लाख कूल खर्च गरेकामा गत आवमा १४ लाख ३६ हजार २९८ मात्र खर्च गरी कूल ३६ लाख ६३ हजारले खर्च कटौती गरेको हो । यसका अतिरिक्त प्रम कार्यालयको विविध खर्च शीर्षकमा आव २०८०/८१ मा कूल एक करोड ६९ लाख १३ हजार खर्च भएकामा गत आव २०८१/८२ मा एक करोड २४ लाख खर्च गरी कूल ४५ लाख १२ हजार बढी खर्च कटौती गर्न सफल भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा प्रधानमन्त्री कार्यालयको खर्च दुई करोड छ लाखभन्दा कम भएको देखिन्छ । समग्रमा ‘प्रचण्ड’ कार्यकालभन्दा ओली कार्यकालमा प्रधानमन्त्री कार्यालयको खर्चमा कूल ३३ दशमलव २७ प्रतिशतले न्यूनीकरण भएको हो । सम्माननीय प्रधानमन्त्रीको खर्चमा मितव्ययीता कायम गर्ने निर्देशनको नतिजा कार्यालयको खर्च प्रणालीमा परेको देखिएको छ । 
विनियोजित बजेटको उल्लेखित खर्च शीर्षकमा मितव्ययीता कायम गर्न सफल प्रधानमन्त्री कार्यालयले अनुगमन तथा मूल्याङ्कन खर्च शीर्षकमा अघिल्लो आवभन्दा गत आवमा बढी खर्च गरेको देखिन्छ । आव २०८०/८१ मा कूल २१ लाख ९४ हजार खर्च गरेकामा गत आव २०८१/८२ मा ३३ लाख ५२ हजार खर्च भएको देखिएको हो ।

प्रत्येक मन्त्रालयले आफू र आफू मातहतका निकायबाटै फजुल खर्च रोक्ने, व्ययभार बढाउने तथा आर्थिक दायित्व रोक्ने सम्माननीय प्रधानमन्त्रीज्यूकै निर्देशनबमोजिम प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयले यस अभियान चलाएको छ । 
चालु खर्च कटौतीमा मन्त्रालय र जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाइएको छ । फजुल खर्च रोक्न निर्देशन कार्यान्वयनमा प्रधानमन्त्रीका सचिवालयको सक्रियतालेसमेत आन्तरिक नियन्त्रण प्रणालीमा सुधार आएको देखिन्छ ।
प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन भई  सुशासन र शासकीय सुधारका लागि सरकारले उच्च प्राथमिकता दिँदै आएको छ । सुस्त अर्थतन्त्र सुधारका लागि वर्तमान सरकारले सार्वजनिक खर्च कटौतीमा प्राथकमिकता दिइ विकास बजेट बढोत्तरीमा उच्च प्राथमिकता दिँदै आएको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।

भर्खरै