नेभिगेशन
मुख्य समाचार

आज पाँच संसदीय समितिका बैठक बस्दै

काठमाडौँ । आज सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । 

बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।   

यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक  दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ ।  

यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बिहान ११ बजेर ३० मिनेटमा बस्ने सुशासन समितिको बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुँदैछ । 

दिउँसो १ः०० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको गर्ने कार्यक्रम छ । बिहान ११ः०० बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुँदैछ । उक्त बैठकमा उक्त मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।