नेभिगेशन
मुख्य समाचार

राप्ती नदीमा १३३ गोही छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडीएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडीएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १३३५ छाडिएको उहाँले जानकारी दिनुभयो । नारायणीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो ।  

अघिल्लो आर्थिक वर्ष १०५ वटा गाही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहँको राप्तीमा छाडिएको हो ।  गत वर्ष छाडिएका गोही सन् २०२०का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भएपनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन । गत वर्षको पुषमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३५२ वटा मात्र भेटिएको थियो । 

 हाल प्रजनन् केन्द्रमा ७८२ वटा गोही रहेका छन् । तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन् । अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यस अघिका वर्षका हुन् । प्रजनन् केन्द्रमा एउटा पुरानो भाले गोही छ । अन्यको भाले छुट्एिको छैन ।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशतमात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खाने लगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताउनुभयो । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरुमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रुपमा संख्या भने वढेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

उनको अभिव्यक्ति पार्टी अनुशासन बाहिर भएकाले स्पष्टीकरण सोध्ने तयारी गरेको हो । रास्वपाका अनुशासन आयोगका कार्यवहाक प्रमुख रामकान्त रिमालले भने डा.लामिछाने लगायत अन्य केही नेताहरूले सार्वजनिकरुपमा बोलेका, लेखेको...
देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी  ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान...
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कनः अर्थमन्त्री खनाल

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कनः अर्थमन्त्री खनाल

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको...
जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यीनिहरु बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् ।

भर्खरै