नेभिगेशन
मुख्य समाचार

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

फुङ्लिङ (ताप्लेजुङ) ।  मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ । प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा काम रोकिएको छ । 

विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो । गुठीको निरन्तरता नहुँदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो । शेर्पालाई अमेरिका, जर्मनी लगायत देशमा रहेका नेपालीले रु ४५ लाख प्रदान गरेका थिए । 

प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अभावमा काम रोकिएको बताउनुभयो । गुम्बाको प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत संरचना पूरा गर्न रकम अभाव भएको उनको गुनासो छ । उनले दाताहरूलाई सहयोगका निम्ति आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

उनको अभिव्यक्ति पार्टी अनुशासन बाहिर भएकाले स्पष्टीकरण सोध्ने तयारी गरेको हो । रास्वपाका अनुशासन आयोगका कार्यवहाक प्रमुख रामकान्त रिमालले भने डा.लामिछाने लगायत अन्य केही नेताहरूले सार्वजनिकरुपमा बोलेका, लेखेको...
देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी  ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान...
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कनः अर्थमन्त्री खनाल

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कनः अर्थमन्त्री खनाल

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको...
जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यीनिहरु बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् ।

भर्खरै