नेभिगेशन
मुख्य समाचार

मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले तराई मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिले बैठकले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्थापन गरि तत्काल माग पुरा गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै देशका अन्य स्थानमा पनि खानेपानीको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कमला पन्तले जानकारी दिइन् । बैठकले मधेस प्रदेशलगायत देशैभर देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद उर्मिला अर्यालको संयोजकत्वमा समिति पनि गठन गरेको उनले बताइन् । 

City Express

बैठकमा समिति सदस्यहरुले मधेसका जनताका लागि तत्काल खानेपानी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य नारायणकाजी श्रेष्ठले जनताको पहिलो आवश्यकताको रुपमा रहेका खानेपानीको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए । 

त्यस्तै समिति सदस्य बामदेव गौतमले सरकारले सक्रियताका साथ काम गर्ने हो भने मधेशका क्षेत्रमा खानेपानीको अभाव नहुने बताए । उनले चूरे क्षेत्र पहिलेदेखि नै सुख्खा क्षेत्र रहेकाले खानेपानी अभाव हुनेकारण चुरेलाई देखाउनु उचित नहुने धारणा राखे । 

बैठकमा खानेपानी मन्त्रालयका अधिकारीहरुले सहज रुपमा खानेपानी उपलव्ध गराउन सरकारले बजेटका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै आफन्तसँग छलफल गरेका हुन् । सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरुले दिएको बलिदानलाई...
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।...
सभामुख पाठकद्वारा राजीनामा

सभामुख पाठकद्वारा राजीनामा

उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

गत महिना भारतीय संसद्ले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीहरूले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए...