नेभिगेशन
समाज

साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले के के गर्याे निर्णय ?

काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधि पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् । 

Ncell
Extreme Energy

त्यसैगरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब रु १८ अर्ब ९२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । 

विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६.७ मिलियन अमेरिकी डलर बराबरको ‘सर्टर म्याचुरिटी लोन’ तथा ३३.३ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण गरी जम्मा १२० मिलियन अमेरिकी डलर अर्थात करिब रु १६ अर्ब ७४ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । ‘पावर डिस्ट्रब्युसन स्ट्रेन्थनिङ प्रोग्राम’ (पिओएसआइएसपी) का लागि जर्मन सरकारले प्रदान गर्ने २० मिलियन युरो बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

साथै, मन्त्री गुरुङले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न रामुप्रसाद डोटेल (पर्वत) को संयोजकत्वमा रमेशप्रसाद सिवाकोटी (दोलखा) र चण्डीप्रसाद घिमिरे (ललितपुर) सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको बताए । 

त्यसैगरी, नेपाल–भारत पारवहन सन्धि, २०२३ को ‘प्रोटोकल’मा संशोधन गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ स्वीकृत गर्ने र उक्त एलओईमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । आगामी भदौ २३ देखि २५ गतेसम्म पेरिसमा आयोजना हुने ‘नेस्नल फोरम अन पम्पड स्टोरेज हाइट्रोपावर’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ ।

आगामी भदौ २ देखि १३ गतेसम्म संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा आयोजना हुने मेरिन बायोडाइभरसिटी अफ एरियाज वियोन्ड नेस्नल जुरिस्डिक्सन (विविएनजे) प्रिपरेटरी कमिसनको दोस्रो सत्रको बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालाई स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार मानबहादुर कार्कीलाई न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्त गरी सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने, न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा बढुवा नियुक्त गर्ने निर्णय सरकारले गरेको उल्लेख छ ।

साथै, यही साउन १३ देखि १५ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना ‘केयर फर साउथ एसिया प्रोजेक्ट कम्प्लेसन एन्ड डिसिमिनेसन वर्कसप’मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले जानकारी गराए । त्यसैगरी साउन १८ देखि २३ गतेसम्म ‘थर्ड युनाइटेड नेसन्स कन्फ्रेन्स अन ल्यान्डलक डेभलपिङ कन्ट्रिज’ (एलएलडिसिथर्ड)  मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा श्री ध्रुवराज भट्टराई, (तनहुँ) लाई नियुक्त गर्ने, राष्ट्रिय युवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीको सरुवा गर्ने सरकारले निर्णय गरेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका ९७ वटा हिमालमा लाग्ने सलामी रकम आर्थिक वर्ष २०८२/८३ र आव २०८३/८४ दुई आर्थिक वर्षका लागि पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम पूर्णरूपमा छुट दिने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय सरकारले गरेको छ ।

भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ को दफा ९ को उपदफा ९२० बमोजिम डा उज्ज्वल चालिसे, कास्कीलाई भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

न्याय सेवा आयोगको सिफारिसबमोजिम सहन्यायाधिवक्ता सूर्यराज दाहालको नायब महान्यायाधिवक्ता पदमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीको महान्यायाधिवक्ताको कार्यालयको नायब महान्यायाधिवक्ता पदमा सरुवा गर्ने निर्णय सरकारले गरेको मन्त्री गुरुङले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्दा राप्रपामा मच्चियो रडाको

एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्दा राप्रपामा मच्चियो रडाको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलभित्र मुख्यमन्त्री चयनको विषयलाई लिएर विवाद चर्किएको छ।
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।
बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीका मुख्य सल्लाहकार बारे आफ्ना सांसद र मन्त्रीहरुसँग खुलेर बोलेका छन् ।

भर्खरै