नेभिगेशन
मुख्य समाचार

नाउपा विवादः असन्तुष्ट पक्षद्वारा रेशम चौधरीका बाबु लालवीर चौधरीलाई अध्यक्षमा चयन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ । बिहीबार काठमाडौँमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउदै चौधरीलाई अध्यक्ष चयन गरेको हो । लालवीर चौधरी नाउपाका संरक्षक रेशम लाल चौधरीका बुबा हुन् । 

राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिबिधान अनुसार अघि बढाउने बताए । उनले पार्टीभित्र निकास निकाल्नका लागि आफु गम्भीर रहेकाले भन्दै आफ्ना कुराहरु पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए । 

रञ्जिता श्रेष्ठले डेड बर्षदेखि पार्टीको बैठक समेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको चौधरीले बताए । 

पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा आफु अघि बढ्ने उनले बताए । 

यता रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छिन् । बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भइ निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन् । 

पार्टीको विधानअनुसार आफुले कुनै पनि बैठक नै आह्वान नगरेको उनले बताइन् । अहिले पनि आफु पार्टीको अध्यक्षमा कायमै रहेको उनको भनाइ छ । 

श्रेष्ठले आफु निरन्तर काममा हिडिरहेको भन्दै पार्टीको विवादका बारेमा केहि थाहा नभएको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।