नेभिगेशन
समाज

नाउपा विवादः असन्तुष्ट पक्षद्वारा रेशम चौधरीका बाबु लालवीर चौधरीलाई अध्यक्षमा चयन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ । बिहीबार काठमाडौँमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउदै चौधरीलाई अध्यक्ष चयन गरेको हो । लालवीर चौधरी नाउपाका संरक्षक रेशम लाल चौधरीका बुबा हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिबिधान अनुसार अघि बढाउने बताए । उनले पार्टीभित्र निकास निकाल्नका लागि आफु गम्भीर रहेकाले भन्दै आफ्ना कुराहरु पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए । 

CG

रञ्जिता श्रेष्ठले डेड बर्षदेखि पार्टीको बैठक समेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको चौधरीले बताए । 

पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा आफु अघि बढ्ने उनले बताए । 

यता रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छिन् । बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भइ निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन् । 

पार्टीको विधानअनुसार आफुले कुनै पनि बैठक नै आह्वान नगरेको उनले बताइन् । अहिले पनि आफु पार्टीको अध्यक्षमा कायमै रहेको उनको भनाइ छ । 

श्रेष्ठले आफु निरन्तर काममा हिडिरहेको भन्दै पार्टीको विवादका बारेमा केहि थाहा नभएको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपमा १२ वर्षपछि नेपालको जित

विश्वकपमा १२ वर्षपछि नेपालको जित

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले...
अपडेटः पैदलयात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

अपडेटः पैदलयात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर...
उम्मेदवारलाई हतोत्साही नबनाऔँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

उम्मेदवारलाई हतोत्साही नबनाऔँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

लयबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउने माध्यम फागुन २१ गतेको निर्वाचन भएकाले यसलाई सफल पार्न सबैको सहयोग हुनुपर्ने, नयाँ थपिएका साढे नौ लाख मतदाताका कारण मतदान प्रतिशत बढ्ने र...