नेभिगेशन
मुख्य समाचार

नागरिकता दुरुपयोग गरी ५१ करोडभन्दा बढी सम्पत्ति आर्जन गर्ने भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

पर्सा । पर्सा जिल्लामा नेपाली नागरिकताको दुरुपयोग गरी करोडौँको अवैध सम्पत्ति आर्जन गरेको गम्भीर प्रकरण सार्वजनिक भएको छ । भारतको राजस्थान घर भई वीरगन्ज महानगरपालिका–१० लाठगल्लीमा बसोबास गर्दै आएका भारतीय नागरिक निरन्जन कुमार अग्रवाल विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५१ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरी बिहीबार जिल्ला अदालत, पर्सामा मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी यो मुद्दाले नेपाली नागरिकता कसरी झुटा विवरण पेस गरी दुरुपयोग भइरहेको छ भन्ने उजागर गरेको छ। विभागका अनुसार, अग्रवालले झुटा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका थिए, र त्यसपछि आफ्नी श्रीमती रितुदेवी अग्रवाललाई वैवाहिक अंगीकृत नागरिकता दिलाएका थिए ।

कागजमै नेपाली, तर सम्पत्ति बनाउने धन्दा करोडौँको

नागरिकता प्राप्त गरेपछि अग्रवालले आफ्नो नाममा मात्र होइन, श्रीमतीसहित विभिन्न व्यक्तिको नाममा समेत जग्गा, बैंक खाता, सेयर लगायतका सम्पत्ति खरिद गरेका थिए । विभागको अनुसन्धानअनुसार ती सबै सम्पत्ति अवैध रूपमा आर्जन गरिएको आयबाट खरिद गरिएका हुन्।

विभागका अनुसार, अग्रवालले कुल ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेका छन्। यो सम्पत्तिमा कयौँ रोपनी जग्गा, बैंक खातामा करोडौँ रुपैयाँ, विभिन्न कम्पनीको सेयर** र अन्य वित्तीय सम्पत्तिहरू समावेश छन् । 

अदालतमा मुद्दा, सम्पत्ति जफतको माग

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अधिकतम सजाय र सम्पूर्ण सम्पत्ति जफत गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न समेत माग गरिएको छ ।

विभागले अदालत समक्ष दिएको मागपत्रमा, अग्रवालले नेपाली नागरिकताको नाममा अवैध रूपमा कारोबार गर्दै राज्यलाई आर्थिक क्षति पुर्‍याएको उल्लेख गरिएको छ । यस प्रकरणले नेपालमा विदेशी नागरिकले नागरिकता दुरुपयोग गरी कस्तो स्तरको आर्थिक अपराध गर्न सक्दछन् भन्ने सन्देश दिएको छ ।

अदालतमा प्रक्रिया अगाडि बढ्दै जाँदा यसबारे थप विवरण आउन बाँकी छ । विभागको दाबी पुष्टि भएमा यो पछिल्लो समयको सबैभन्दा ठूलो मनी लन्डरिङ प्रकरणमध्ये एक हुने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।
पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यासबमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र...
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति...
महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर उनले यस्तो बताएका हुन । काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा गरिएको भेलालाई सम्बोधन गर्दै उनले  मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा...