नेभिगेशन
समाज

नागरिकता दुरुपयोग गरी ५१ करोडभन्दा बढी सम्पत्ति आर्जन गर्ने भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

पर्सा । पर्सा जिल्लामा नेपाली नागरिकताको दुरुपयोग गरी करोडौँको अवैध सम्पत्ति आर्जन गरेको गम्भीर प्रकरण सार्वजनिक भएको छ । भारतको राजस्थान घर भई वीरगन्ज महानगरपालिका–१० लाठगल्लीमा बसोबास गर्दै आएका भारतीय नागरिक निरन्जन कुमार अग्रवाल विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५१ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरी बिहीबार जिल्ला अदालत, पर्सामा मुद्दा दायर गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्पत्ति शुद्धीकरणसम्बन्धी यो मुद्दाले नेपाली नागरिकता कसरी झुटा विवरण पेस गरी दुरुपयोग भइरहेको छ भन्ने उजागर गरेको छ। विभागका अनुसार, अग्रवालले झुटा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका थिए, र त्यसपछि आफ्नी श्रीमती रितुदेवी अग्रवाललाई वैवाहिक अंगीकृत नागरिकता दिलाएका थिए ।

Ncell
Extreme Energy

कागजमै नेपाली, तर सम्पत्ति बनाउने धन्दा करोडौँको

नागरिकता प्राप्त गरेपछि अग्रवालले आफ्नो नाममा मात्र होइन, श्रीमतीसहित विभिन्न व्यक्तिको नाममा समेत जग्गा, बैंक खाता, सेयर लगायतका सम्पत्ति खरिद गरेका थिए । विभागको अनुसन्धानअनुसार ती सबै सम्पत्ति अवैध रूपमा आर्जन गरिएको आयबाट खरिद गरिएका हुन्।

विभागका अनुसार, अग्रवालले कुल ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेका छन्। यो सम्पत्तिमा कयौँ रोपनी जग्गा, बैंक खातामा करोडौँ रुपैयाँ, विभिन्न कम्पनीको सेयर** र अन्य वित्तीय सम्पत्तिहरू समावेश छन् । 

अदालतमा मुद्दा, सम्पत्ति जफतको माग

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अधिकतम सजाय र सम्पूर्ण सम्पत्ति जफत गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न समेत माग गरिएको छ ।

विभागले अदालत समक्ष दिएको मागपत्रमा, अग्रवालले नेपाली नागरिकताको नाममा अवैध रूपमा कारोबार गर्दै राज्यलाई आर्थिक क्षति पुर्‍याएको उल्लेख गरिएको छ । यस प्रकरणले नेपालमा विदेशी नागरिकले नागरिकता दुरुपयोग गरी कस्तो स्तरको आर्थिक अपराध गर्न सक्दछन् भन्ने सन्देश दिएको छ ।

अदालतमा प्रक्रिया अगाडि बढ्दै जाँदा यसबारे थप विवरण आउन बाँकी छ । विभागको दाबी पुष्टि भएमा यो पछिल्लो समयको सबैभन्दा ठूलो मनी लन्डरिङ प्रकरणमध्ये एक हुने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...