नेभिगेशन
मुख्य समाचार

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए । कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै