नेभिगेशन
समाज

डा. बाबुराम भट्टराईको टिप्पणी : "नेपालको कम्युनिष्ट आन्दोलन स्टालिनको बाटोमा"

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलन विगतबाट केही नसिकेकाे बताएका छन्। उनले रूसी कम्युनिष्ट पार्टीको विघटन र सो प्रवृत्तिको सजीव उदाहरण दिँदै नेपाली कम्युनिष्टहरू पनि त्यही दिशा तर्फ अग्रसर भइरहेको टिप्पणी गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा व्यक्त विचारमा भट्टराईले चर्चित भनाइ “We learn from history that we do not learn from history” उल्लेख गर्दै भनेका छन्, "नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाइ हुबहु लागू हुन्छ।"

Ncell
Extreme Energy

उनले २०२८–३१ को झापा आन्दोलन र २०५२–०६२ को जनयुद्धलाई नेपाली कम्युनिष्ट आन्दोलनको जगका रूपमा उल्लेख गर्दै त्यसको पछिल्लो राजनीतिक अवस्था “ब्रेजनेभको गतिहीन कालजस्तै भएको” बताएका छन्। सत्ता प्राप्तिका धेरै अवसर भए पनि आमूल र गुणात्मक परिवर्तन हुन नसकेकोमा उनको चिन्ता देखिन्छ।

भट्टराईले रूसी कम्युनिष्ट पार्टीका भूपू नेताहरूले "बीस वर्षमा साम्यवाद आउने" भनेर प्रचार गरेको शैलीमा अहिले पनि नेपालका कम्युनिष्ट नेताहरू “समाजवाद/साम्यवाद” को गफमा मात्र रमाइरहेको आरोप लगाए।


डा. भट्टराईको टिप्पणीमा स्टालिनकालीन ‘Great Trial’ र नेताहरूको शारीरिक सफाया जस्तो प्रवृत्तिको समेत उदाहरण दिँदै नेपालमा अहिले आलोचकहरूलाई “राजनीतिक र सांगठनिक रूपमा सफाया” गर्ने प्रवृत्ति मौलाएको आरोप छ। उनले यसलाई “इतिहासको ठूलो विडम्बना” भनेका छन्।

"अहिले नेपालका 'कम्युनिष्ट' मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?," उनको भनाइ छ । 

पूर्वप्रधानमन्त्री भट्टराईले कम्युनिष्ट आन्दोलनभित्र रहँदै आएका कार्यकर्ताहरूलाई इतिहासबाट पाठ सिक्न र वैकल्पिक प्रगतिशील बाटो खोज्न आग्रह गरेका छन्। पार्टी नेताको पक्षमा ताली पिट्ने तर जब आफैं प्रताडित हुने अवस्थामा पुग्ने कार्यकर्ताहरूले अब "साहस गरेर नयाँ बाटो निर्माण गर्नु पर्ने बेला आएको" उनी बताउँछन्।

उनको विचारमा, पुरानै एकमानववादी, नोकरशाही केन्द्रीयतावादी प्रणालीले समाजवादको लक्ष्य हासिल गर्न सक्दैन। यसर्थ, वैचारिक नवीनता र लोकतान्त्रिक अभ्यास आवश्यक रहेको उनको सुझाव छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...