नेभिगेशन
मुख्य समाचार

पकिस्तानमा इमरान खानको रिहाइका लागि प्रदर्शन गरेको आरोपमा १०० बढी  विपक्षी नेतालाई १० वर्ष जेल सजाय

सन् २०२३ मा इमरान खानको समर्थनमा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसद्मा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई बिहीबार दोषी ठहर गरिएको पूर्व प्रधानमन्त्री खानको पार्टीले जनाएको छ ।  

इमरान खानको रिहाइका लागि दबावमुलक विरोधप्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी (पिटिआई) ले जारी गरेको विज्ञप्तिमा छ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
 
तीमध्ये प्रदर्शनमा सहभागी नै नभएका राष्ट्रिय सभाका विपक्षी नेता ओमार अयुब खान पनि रहेका छन् । 
उनलाई पूर्वी शहर फैसलाबादको आतङ्कवादविरोधी अदालतले हिंसा भड्काउन उक्साएको र दङ्गा भड्काउने र आगजनी गर्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

CG

पिटिआईका अध्यक्ष गोहर अली खानले भने, “हामी फैसलालाई चुनौति दिँदै यसलाई माथिल्लो अदालतमा अपिल गर्न गइरहेका छौँ। यस्ता फैसला लोकतन्त्र र मुलुकका लागि राम्रो होइन, ।” 

पार्टी पदाधिकारीहरू मुद्दाको सुनुवाइका क्रममा जमानतमा छन् र उनीहरूलाई अझै जेल लगिएको छैन । गत बर्षको मे ९ मा खानलाई राजधानी इस्लामावादबाट गिरफ्तार गरिएपछि संवेदनशील सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो।
 
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानलाई उनकै शब्दमा ‘राजनीतिबाट प्रेरित’ प्रतिशोधका आधारमा करिब दुई वर्षदेखि जेलमा राखिएको छ । उनका समर्थक र पार्टीका वरिष्ठ नेताहरूले पनि कडा दमनको सामना गर्नुपरेको छ । हजारौँलाई पक्राउ गरिएको छ र खानको नाम टेलिभिजनबाट ‘सेन्सर’ गरिएको छ।

लण्डनमा रहेका पिटिआईका प्रवक्ता सैयद जुल्फिकार बुखारीले पछिल्लो सजायको फैसला ‘प्रजातन्त्रको लागि लागि कालो दिन’ भएको बताएका छन् । उनले भने, “विपक्षी नेताहरूलाई एकपछि अर्को गर्दै दोषी ठहर्‍याउनु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि शुभ सङ्केत होइन र यसले हाम्रो पहिलेदेखि नै कमजोर लोकतन्त्रलाई गम्भीर क्षति पुर्‍याउनेछ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुलमान घिसिङद्वारा मध्यरातमा दाउन्ने सडक खण्डको निरीक्षण (तस्बिरहरु)

कुलमान घिसिङद्वारा मध्यरातमा दाउन्ने सडक खण्डको निरीक्षण (तस्बिरहरु)

सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफैँ निरीक्षणमा गएका मन्त्री घिसिङले सडक बिस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिना भित्र सहज रुपमा यात्रायात...
गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् ।
समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो ।
अनियमित मौसमका कारण यस वर्ष भोजपुरमा धान उत्पादन घट्यो

अनियमित मौसमका कारण यस वर्ष भोजपुरमा धान उत्पादन घट्यो

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । उनले भने, “मौसमको अनियमितताले...