नेभिगेशन
समाज

पकिस्तानमा इमरान खानको रिहाइका लागि प्रदर्शन गरेको आरोपमा १०० बढी  विपक्षी नेतालाई १० वर्ष जेल सजाय

सन् २०२३ मा इमरान खानको समर्थनमा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसद्मा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई बिहीबार दोषी ठहर गरिएको पूर्व प्रधानमन्त्री खानको पार्टीले जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इमरान खानको रिहाइका लागि दबावमुलक विरोधप्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी (पिटिआई) ले जारी गरेको विज्ञप्तिमा छ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
 
तीमध्ये प्रदर्शनमा सहभागी नै नभएका राष्ट्रिय सभाका विपक्षी नेता ओमार अयुब खान पनि रहेका छन् । 
उनलाई पूर्वी शहर फैसलाबादको आतङ्कवादविरोधी अदालतले हिंसा भड्काउन उक्साएको र दङ्गा भड्काउने र आगजनी गर्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

Ncell
Extreme Energy

पिटिआईका अध्यक्ष गोहर अली खानले भने, “हामी फैसलालाई चुनौति दिँदै यसलाई माथिल्लो अदालतमा अपिल गर्न गइरहेका छौँ। यस्ता फैसला लोकतन्त्र र मुलुकका लागि राम्रो होइन, ।” 

पार्टी पदाधिकारीहरू मुद्दाको सुनुवाइका क्रममा जमानतमा छन् र उनीहरूलाई अझै जेल लगिएको छैन । गत बर्षको मे ९ मा खानलाई राजधानी इस्लामावादबाट गिरफ्तार गरिएपछि संवेदनशील सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो।
 
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानलाई उनकै शब्दमा ‘राजनीतिबाट प्रेरित’ प्रतिशोधका आधारमा करिब दुई वर्षदेखि जेलमा राखिएको छ । उनका समर्थक र पार्टीका वरिष्ठ नेताहरूले पनि कडा दमनको सामना गर्नुपरेको छ । हजारौँलाई पक्राउ गरिएको छ र खानको नाम टेलिभिजनबाट ‘सेन्सर’ गरिएको छ।

लण्डनमा रहेका पिटिआईका प्रवक्ता सैयद जुल्फिकार बुखारीले पछिल्लो सजायको फैसला ‘प्रजातन्त्रको लागि लागि कालो दिन’ भएको बताएका छन् । उनले भने, “विपक्षी नेताहरूलाई एकपछि अर्को गर्दै दोषी ठहर्‍याउनु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि शुभ सङ्केत होइन र यसले हाम्रो पहिलेदेखि नै कमजोर लोकतन्त्रलाई गम्भीर क्षति पुर्‍याउनेछ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्दा राप्रपामा मच्चियो रडाको

एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्दा राप्रपामा मच्चियो रडाको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलभित्र मुख्यमन्त्री चयनको विषयलाई लिएर विवाद चर्किएको छ।
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।
बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीका मुख्य सल्लाहकार बारे आफ्ना सांसद र मन्त्रीहरुसँग खुलेर बोलेका छन् ।

भर्खरै