नेभिगेशन
समाज

झलनाथ खनाललाई पार्टीबाट विदा हुन माधव नेपालको सुझाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट विदा हुन सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ भन्ने संचारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट विदा लिन सुझाव दिए । 
उनले भने, ‘यो पाटीमा बस्ने ठाउँ नै रहेन नी । नैतिक अधिकार नै छैन । उहाँले खुरुक्क राजीनामा दिनुपर्छ । विदा भएर जानुपर्छ ।’ 

Ncell
Extreme Energy

अध्यक्ष नेपालले सम्मानित नेता खनालले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाईको अर्थ नरहेको बताए । ‘उहाँ निर्णयको उल्लंघन गर्ने कुरामा नम्बर १ हुनुहुन्छ । उहाँको कुराको कुनै अर्थ छैन ।’

एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले  पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे । अध्यक्ष नेपालले शेर बहादुर देउबा र केपी ओली एक ठाँउमा रहे सम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । उनले वर्तमान सरकार सबै क्षेत्रमा  असफल भएपनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए । 

उनले अहिले आफुहरु पार्टी संगठन सुदृढिकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए । अध्यक्ष नेपालले माओवादी केन्द्र संग एकिकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...