नेभिगेशन
मुख्य समाचार

झलनाथ खनाललाई पार्टीबाट विदा हुन माधव नेपालको सुझाव

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट विदा हुन सुझाव दिएका छन् । 

शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ भन्ने संचारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट विदा लिन सुझाव दिए । 
उनले भने, ‘यो पाटीमा बस्ने ठाउँ नै रहेन नी । नैतिक अधिकार नै छैन । उहाँले खुरुक्क राजीनामा दिनुपर्छ । विदा भएर जानुपर्छ ।’ 

अध्यक्ष नेपालले सम्मानित नेता खनालले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाईको अर्थ नरहेको बताए । ‘उहाँ निर्णयको उल्लंघन गर्ने कुरामा नम्बर १ हुनुहुन्छ । उहाँको कुराको कुनै अर्थ छैन ।’

एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले  पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे । अध्यक्ष नेपालले शेर बहादुर देउबा र केपी ओली एक ठाँउमा रहे सम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । उनले वर्तमान सरकार सबै क्षेत्रमा  असफल भएपनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए । 

उनले अहिले आफुहरु पार्टी संगठन सुदृढिकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए । अध्यक्ष नेपालले माओवादी केन्द्र संग एकिकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।