नेभिगेशन
मुख्य समाचार

लागुऔषध नियन्त्रण ब्युरोमा गृहमन्त्रीको निरीक्षण, ब्युरोलाई विभागमा विकास गर्ने प्रतिबद्धता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् । 
    
काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रुपमा देखिएको बताए ।
    
“लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ ।  हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ”, उनले भने, “यो अभियानमा आमनागरिकसहित सबैको सहकार्य आवश्यक छ ।”
    
विगत वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, “आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्छ । स्रोतसाधनको कमी भएपनि धेरै काम गर्न सक्यौँ । त्यो यो एक वर्षमा देखिएको छ ।” लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सरकार सशक्त भएर लाग्ने बताए ।
    
“युवामा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवाशक्ति लागुऔषधमा फसेको छ”, गृहमन्त्री लेखकले भने, “लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषध अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै नागरिकको जिम्मेवारी हो ।”
    
गृहमन्त्री लेखकले लागुऔषध ब्युरोलाई विभागकै रुपमा विकास गरिने बताए । “ब्युरोलाई विभागका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ”, उनले भने । लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्न तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापासहित प्रहरी प्रधान कार्यालयलाई उनले निर्देशन दिए । 
    
प्रहरी महानिरीक्षक थापाले लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्री लेखकको प्रस्ताव सराहनीय रहेको बताए । उनले लामो समयदेखि नेपाल प्रहरी लागुऔषध नियन्त्रणमा मुलुकभर सक्रिय रहेको जानकारी दिए । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइब) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ, लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतको समेत सो अवसरमा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।