नेभिगेशन
मुख्य समाचार

बागलुङका एक सय २५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

बागलुङ । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो ।

जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ ।

बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्य बताँछन् । 

आचार्यले भने, “अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरेका गर्नुभएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जाने छौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।”

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाकालको रोग लाग्न सक्ने बताए । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले सुझाए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस कमजोर भए लोकतन्त्र र देश नै कमजोर हुन्छः शेखर कोइराला

कांग्रेस कमजोर भए लोकतन्त्र र देश नै कमजोर हुन्छः शेखर कोइराला

कांग्रेस विराटनगर–४ वडा समितिले शनिबार मोरङमा आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कोइरालाले अरु नेतालाई भेट्ने आफ्नो बानी भएको भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् ।...
खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा सहजता आएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो”, उनले...
मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।
मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।