नेभिगेशन
मुख्य समाचार

पार्टी छाड्ने वा राजीनामा दिनेबारे कल्पना समेत गरेको छैनः झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफुले पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका छन् । 

शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीेसंग कुरा गर्दै खनालले विद्रोह गरेर निर्माण गरेको पार्टीलाई बैचारिक र सैद्धान्तिक रुपमा सुदृढ गर्नुपर्ने भन्दै कसैले भन्दैमा पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका हुन् । उनले आफ्नो अन्तर्वार्ताका आधारका पार्टी अध्यक्षले पार्टी छोड भन्नु तल्लो स्तरको चिन्तन भएको टिप्पणी गरे ।

खनालले आफुले नभइ पार्टी चलाउन सक्ने क्षमता नभएकाले पार्टी छाड्नुपर्ने तर्क गरे । उनले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि हुन नसकेकाले औचित्य पुष्टि हुनेगरि पार्टी आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिए । 

पार्टी विद्रोह गरेको कुरालाई आफुले गलत नभनेको स्पष्ट पार्दै खनालले विद्रोहको औचित्य स्थापीत हुन नसके विद्रोह स्वतः गलत हुन जाने तर्क गरे । 

खनालले आफुले पार्टीमा बैज्ञानिक समाजवादमा जोड दिएपनि पार्टी अध्यक्ष पुरानै जबजको पछि लागेको तर्क गरे । खनालले समाजवादी मोर्चाको कुनै गन्तव्य नरहेकाले यसप्रति आफ्नो सकारात्मक विश्वास नरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।