नेभिगेशन
समाज

पार्टी छाड्ने वा राजीनामा दिनेबारे कल्पना समेत गरेको छैनः झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफुले पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीेसंग कुरा गर्दै खनालले विद्रोह गरेर निर्माण गरेको पार्टीलाई बैचारिक र सैद्धान्तिक रुपमा सुदृढ गर्नुपर्ने भन्दै कसैले भन्दैमा पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका हुन् । उनले आफ्नो अन्तर्वार्ताका आधारका पार्टी अध्यक्षले पार्टी छोड भन्नु तल्लो स्तरको चिन्तन भएको टिप्पणी गरे ।

Ncell
Extreme Energy

खनालले आफुले नभइ पार्टी चलाउन सक्ने क्षमता नभएकाले पार्टी छाड्नुपर्ने तर्क गरे । उनले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि हुन नसकेकाले औचित्य पुष्टि हुनेगरि पार्टी आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिए । 

पार्टी विद्रोह गरेको कुरालाई आफुले गलत नभनेको स्पष्ट पार्दै खनालले विद्रोहको औचित्य स्थापीत हुन नसके विद्रोह स्वतः गलत हुन जाने तर्क गरे । 

खनालले आफुले पार्टीमा बैज्ञानिक समाजवादमा जोड दिएपनि पार्टी अध्यक्ष पुरानै जबजको पछि लागेको तर्क गरे । खनालले समाजवादी मोर्चाको कुनै गन्तव्य नरहेकाले यसप्रति आफ्नो सकारात्मक विश्वास नरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...