नेभिगेशन
समाज

प्रतिक्रियावादीले माओवादीलाई बिभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेका छन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई बिभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई बिभाजन गरि कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताए । अहिले सवै माओवादीधाराहरु र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियाबादीहरु पनि ज्यान छाडेर लागेको धारणा व्यक्त गरेका छन् ।

Ncell
Extreme Energy

 प्रचण्डले माओवादीले आफुलाई एकताबद्ध गर्न नसके प्रतिक्रियाबादीले प्राप्त उपलव्धीलाई समेत उल्टाउने खतरा रहेको बताए । क्रान्तिकारी, बामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियाबादीको षडयन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने कोशीस जारी रहेको उनले बताए ।  प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम टुङ्गाउने कुरा अघि बढेको भन्दै अझै पनि शान्तिप्रक्रियालाई टुड्गोमा पुराउन नदिने षडयन्त्र र चलखेल देखिएको उल्लेख गरेका छन् । 

प्रचण्डले नयाँ खालको बिद्रोहद्वारा प्रतिक्रियाबादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ आफु हिडिरहेको बताए । त्यस्तै, कार्यक्रममा सहभागी सहिद परिवारलाई सम्मान समेत गरिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...