नेभिगेशन
मुख्य समाचार

प्रतिक्रियावादीले माओवादीलाई बिभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेका छन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई बिभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन् ।

आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई बिभाजन गरि कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताए । अहिले सवै माओवादीधाराहरु र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियाबादीहरु पनि ज्यान छाडेर लागेको धारणा व्यक्त गरेका छन् ।

 प्रचण्डले माओवादीले आफुलाई एकताबद्ध गर्न नसके प्रतिक्रियाबादीले प्राप्त उपलव्धीलाई समेत उल्टाउने खतरा रहेको बताए । क्रान्तिकारी, बामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियाबादीको षडयन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने कोशीस जारी रहेको उनले बताए ।  प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम टुङ्गाउने कुरा अघि बढेको भन्दै अझै पनि शान्तिप्रक्रियालाई टुड्गोमा पुराउन नदिने षडयन्त्र र चलखेल देखिएको उल्लेख गरेका छन् । 

प्रचण्डले नयाँ खालको बिद्रोहद्वारा प्रतिक्रियाबादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ आफु हिडिरहेको बताए । त्यस्तै, कार्यक्रममा सहभागी सहिद परिवारलाई सम्मान समेत गरिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।