नेभिगेशन
समाज

सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलव्धीपूर्णः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलव्धीपूर्ण रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि आइतबार त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिदै नेपालको सहभागीता उपलव्धीपूर्ण रहको बताएका हुन । 

Ncell
Extreme Energy

उनले  सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावका बारेमा छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसदलाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाका बारेमा आफुले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसदलाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताएका छन् । सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सवै सहभागीले जोड दिएको उनको भनाइ छ । त्यस्तै उनले बिभिन्न मुलुकबाट आएका संसदका प्रमुखहरुसंग नेपालले गर्न सक्ने साझेदारीका बिषयमा छलफल भएको जानकारी दिए । 

सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुने जलवायु सम्बन्धी सम्मेलनका बिषयमा अन्तर व्यवस्थापिका सङ्घका प्रमुखसंग परामर्श भएको उल्लेख गरेका छन् । अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले सम्बोधन गरेका थिए । भने नेपालको संघीय संसदको तर्फबाट “हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका के हुनसक्छ?” शीर्षकको प्यानल डिस्कसनमा धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्री पोखरेलले सार्वजनिक गरेकाे पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम...
सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौं,” मन्त्री गौतमले भनिन्, “पूर्वाधार निर्माणमा हुने...
बचतकर्ताको रकम फिर्ता गर्न ऋणीप्रति कठोर हुनैपर्छ-मन्त्री रावल

बचतकर्ताको रकम फिर्ता गर्न ऋणीप्रति कठोर हुनैपर्छ-मन्त्री रावल

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावका सम्बन्धमा सांसद्ले उएका प्रश्नको जवाफ दिने क्रममा उनले भनिन् “सहकारीबाट ऋण लिएकाबाट असुलउपर...
सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

खासगरी सरकारले सुशासन, सार्वजनिक सेवा सुधारको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रवक्ता पोखरेलले बताए ।