नेभिगेशन
मुख्य समाचार

गुल्मीको कालीगण्डकी करिडोर र रिडी(वामीटक्सार) सडक अवरुद्ध

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आइतबार दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी(वामीटक्सार) खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

City Express

उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै वाग्लुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन बीच बाटोमा रोकिएका छन् । अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रहरीले जोहाङ्ग खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाउँदै उनले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बताए । 
जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा खोला तथा तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक स्थानीयलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका करिब दुई सय ८० स्थानलाई  बाढी र पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा राखिएको जनाएको छ । त्यसैगरी शनिबार अपारह्नहदेखि परेकोे अविरल वर्षका कारण बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेकाले उच्च सर्तकता अपनाउन समितिले सबैमा अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप गरेको सार्वजनिक गरेका छन् । साथै उनले अन्य थप तीवनटा निर्णय सार्वजनिक गरेका...
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ । उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो ।
सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

मंगलबारबाट केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुनः बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

आफुले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उनले जति समय प्राधिकरणमा रहेपनि सुधार गरेर नै विदा लिने बताए ।