नेभिगेशन
समाज

गुल्मीको कालीगण्डकी करिडोर र रिडी(वामीटक्सार) सडक अवरुद्ध

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आइतबार दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी(वामीटक्सार) खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै वाग्लुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन बीच बाटोमा रोकिएका छन् । अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रहरीले जोहाङ्ग खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाउँदै उनले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बताए । 
जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा खोला तथा तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक स्थानीयलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका करिब दुई सय ८० स्थानलाई  बाढी र पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा राखिएको जनाएको छ । त्यसैगरी शनिबार अपारह्नहदेखि परेकोे अविरल वर्षका कारण बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेकाले उच्च सर्तकता अपनाउन समितिले सबैमा अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।