नेभिगेशन
समाज

राजेन्द्र लिङ्देनलाई धवल शम्शेरले लेखे: गल्ती सच्याउनुस् (पत्रसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउँदै पछिल्ला गतिविधिमा गल्ती भएकोले सच्याउन आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री राणाले आइतबार अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा विधान मिचेर स्वेच्छाचारी ढंगले अध्यक्ष अघि बढेको उल्लेख छ । उनले तत्काल गल्ती सच्याउँदै केन्द्रिय कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका छन् । 

Ncell
Extreme Energy

पत्रमाा लेखेका छन्, ‘पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दुस्खद र निन्दनीय छ। पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ,’ ।
नेताहरुलाई कारबाहीको निर्णय गर्दा विधानविपरीत गरिएको र स्पष्टीकरणको मौकासमेत नदिइएको महामन्त्री राणाले लेखेका छन् । 
अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए भने साउन २ गते उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए।

साथै जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरे पनि अध्यक्ष लिङ्देनले हालै आफूखुसी पर्यवेक्षक तोकेको उनको आरोप छ।

साथै उनले अध्यक्ष लिङ्देनका स्वकीय सचिवले पार्टीकै नेतामाथि कुटपिट गरेको विषय निन्दनीय भनेका छन्।

‘पार्टीको तर्फबाट प्रदेससभा उम्मेदवार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुस्खद र निन्दनीय छ। पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरू चिन्तित छन्,’ महामन्त्री राणाले भनेका छन्।
 महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई लेखेको पत्र यस्तो छः

श्री अध्यक्षज्यू,
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम समयमै महाधिवेशन सम्पन्न गर्ने परिवेशमा स्थानीय तहमा अधिवेशनको क्रम जारी छ। केन्द्रीय महाधिवेशन समयमै पूरा गर्ने हामी सबैको जिम्मेवारी छ। यही सन्दर्भमा जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको विदितै छ।

यही क्रमबीच पार्टी एकता र पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरिनु दु:खद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ।

फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक हुन्। सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास हो। पार्टीको तर्फबाट प्रदेससभा उम्मेद्वार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दु:खद र निन्दनीय छ। पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरू चिन्तित छन्।

जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएकोमा पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल र सल्लाह नगरी एकलौटी किसीमले नामहरू तोकिएको छ, जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो।

अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरू सर्वसम्मत रुपमा समझदारी गरेर पठाउनु पर्ने हो तर, यो अवधारणालाई उपेक्षा गरि एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ। प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटिपूर्ण छ, यो व्यक्ति विशेषसँग सम्बन्धित नभएर प्रक्रियागत त्रुटी सच्याउने विषय हो।

निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं तर पछिल्लो निर्णयहरूबाट देशभरिका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन्। यी तमाम समस्या समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउनसमेत अनुरोध गर्दछौं।

- धवलशम्सेर राणा, महामन्त्री

WhatsApp-Image-2025-08-03-at-4.00.33-PM-1754217363.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।