नेभिगेशन
मुख्य समाचार

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन् । 
    
आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । 
    
“निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।”
    
सीमित स्रोतसाधनका बीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे । मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए । 

“प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उनले भने, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।” 

City Express

प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोड दिए । 
    
त्यस अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राखेका थिए । 

वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप गरेको सार्वजनिक गरेका छन् । साथै उनले अन्य थप तीवनटा निर्णय सार्वजनिक गरेका...
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ । उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो ।
सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

मंगलबारबाट केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुनः बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

आफुले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उनले जति समय प्राधिकरणमा रहेपनि सुधार गरेर नै विदा लिने बताए ।