नेभिगेशन
मुख्य समाचार

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ । 

खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आइतबार भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले चितवन निकुञ्जको संरक्षणमा स्थापनाकालदेखि नै योगदान दिएका रामप्रितको सम्मानमा रामप्रितगज नामकरण गरिएको बताए । 

“विभिन्न संरक्षणकर्मीको सम्मानमा हात्तीको छावा नामकरण गर्दै आइहेका छौँ, यसपटक चितवन निकुञ्जको संरक्षणमा सुरुदेखि नै योगदान दिनुभएका संरक्षणकर्मीको सम्मानमा नामकरण गरेका हौँ”, उनले भने । चितवन निकुञ्ज स्थापनाकालमा यादव रेञ्जर पदमा रहेर संरक्षणमा खटिनुभएको थियो । उनले निकुञ्जको प्रमुख संरक्षण अधिकृत समेत भएर काम गरिसक्नु भएको थियो । यादव हाल अवकाश भइसके पनि संरक्षणको क्षेत्रमा सक्रिय छन् । 

उनकै उपस्थितिमा हात्तीको नामकरण गरिएको हो । सो क्रममा यादवले भने, “मैले सुरुदेखि यो निकुञ्जको संरक्षणमा सक्रिय हुन पाएँ, मैले के–कति गर्नसके भनने अरुले मूल्याङ्कन गर्नुहुनेछ,  मेरो सम्मानमा हात्तीको नामकरण हुँदा गर्व महसुस भएको छ ।” ‘रामप्रितगज’ तमोरकली हात्तीको तेस्रो सन्तान हो । रामप्रितगजको जन्म यही साउन ७ गते भएको हो । यसलाई ‘रोनाल्डो’ नामक हात्तीको सन्तान मानिएको छ । 

यहाँ जन्मिने भाले छावाको नामको पछाडि ‘गज’ र पोथी हात्तीको नामको पछाडि ‘कली’ राख्ने प्रचलन छ । चालु आर्थिक वर्ष २०८२ र ८३ मा जन्मिएको यो पहिलो छावा हो । गत आव २०८१ र ८२ मा पाँच वटा छावाको जन्म भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए । हाल यस प्रजनन केन्द्रमा नौ वटा ठूला हात्ती, छ वटा तालिम प्राप्त हात्ती र सात वटा तालिम नगरेका गरी २२ वटा हात्ती छन् । प्रजनन केन्द्र र निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हाल ५८ वटा हात्ती छन् ।

विसं २०४४ मा स्थापना भएको प्रजनन केन्द्र तथा तालिम केन्द्रमा २०५० सालदेखि बच्चा जन्मिन सुरु भएको हो । हालसम्म यस केन्द्रमा ६९ वटा बच्चा जन्मिएका छन् । जसमध्ये छ वटा हात्ती विभिन्न कारणले मरिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै