नेभिगेशन
समाज

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आइतबार भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले चितवन निकुञ्जको संरक्षणमा स्थापनाकालदेखि नै योगदान दिएका रामप्रितको सम्मानमा रामप्रितगज नामकरण गरिएको बताए । 

Ncell
Extreme Energy

“विभिन्न संरक्षणकर्मीको सम्मानमा हात्तीको छावा नामकरण गर्दै आइहेका छौँ, यसपटक चितवन निकुञ्जको संरक्षणमा सुरुदेखि नै योगदान दिनुभएका संरक्षणकर्मीको सम्मानमा नामकरण गरेका हौँ”, उनले भने । चितवन निकुञ्ज स्थापनाकालमा यादव रेञ्जर पदमा रहेर संरक्षणमा खटिनुभएको थियो । उनले निकुञ्जको प्रमुख संरक्षण अधिकृत समेत भएर काम गरिसक्नु भएको थियो । यादव हाल अवकाश भइसके पनि संरक्षणको क्षेत्रमा सक्रिय छन् । 

उनकै उपस्थितिमा हात्तीको नामकरण गरिएको हो । सो क्रममा यादवले भने, “मैले सुरुदेखि यो निकुञ्जको संरक्षणमा सक्रिय हुन पाएँ, मैले के–कति गर्नसके भनने अरुले मूल्याङ्कन गर्नुहुनेछ,  मेरो सम्मानमा हात्तीको नामकरण हुँदा गर्व महसुस भएको छ ।” ‘रामप्रितगज’ तमोरकली हात्तीको तेस्रो सन्तान हो । रामप्रितगजको जन्म यही साउन ७ गते भएको हो । यसलाई ‘रोनाल्डो’ नामक हात्तीको सन्तान मानिएको छ । 

यहाँ जन्मिने भाले छावाको नामको पछाडि ‘गज’ र पोथी हात्तीको नामको पछाडि ‘कली’ राख्ने प्रचलन छ । चालु आर्थिक वर्ष २०८२ र ८३ मा जन्मिएको यो पहिलो छावा हो । गत आव २०८१ र ८२ मा पाँच वटा छावाको जन्म भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए । हाल यस प्रजनन केन्द्रमा नौ वटा ठूला हात्ती, छ वटा तालिम प्राप्त हात्ती र सात वटा तालिम नगरेका गरी २२ वटा हात्ती छन् । प्रजनन केन्द्र र निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हाल ५८ वटा हात्ती छन् ।

विसं २०४४ मा स्थापना भएको प्रजनन केन्द्र तथा तालिम केन्द्रमा २०५० सालदेखि बच्चा जन्मिन सुरु भएको हो । हालसम्म यस केन्द्रमा ६९ वटा बच्चा जन्मिएका छन् । जसमध्ये छ वटा हात्ती विभिन्न कारणले मरिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
एमालेले  'देशद्रोही भाष्य र घेराबन्दी'  डटेर सामान गर्छः केपी ओली

एमालेले 'देशद्रोही भाष्य र घेराबन्दी' डटेर सामान गर्छः केपी ओली

उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी...
मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्री पोखरेलले सार्वजनिक गरेकाे पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम...
सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौं,” मन्त्री गौतमले भनिन्, “पूर्वाधार निर्माणमा हुने...