नेभिगेशन
समाज

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ । 
वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ । आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगाएत अन्य पछि परेका समूदायलाई उपेक्षा गरेको जनाएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरुले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए । संविधान बनाउनेहरुबाट संविधानप्रति खतरा रहेको उनले बताए । ठाकुरले मधेशी समूदायहरुले बराबरको अधिकार पाउन नसकेको भन्दै सवै मिलेर राज्यलाई दवाव दिनुपर्ने धारणा  राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताए । उनले सुकुम्वासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानून बनाउन खोजेको आरोप लगाए । सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफुहरुले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताए ।

Ncell
Extreme Energy

त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए । देशका सवै ठाँउमा बस्ने सवै समूदायको साझा हुने गरि देशलाई अघि बढाउनुपर्ने उनले बताए । त्यस्तै, उनले सवैलाई स्वीकार्य हुने गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...