नेभिगेशन
मुख्य समाचार

दिक्तेल रूपाकोटका मेयर तीर्थराज भट्टराइले तोडे अनसन

काठमाडौँ । सरकारसँग १६ बुँदे सहमति भएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईले आमरण अनसन तोडेका छन् ।

आइतबार शहरी बिकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसंग सहमति भएपछि भट्टराईले आमरण अनसन तोडेका हुन् । 
आमरण अनसन तोड्नुअघि आइतबार माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थीतिमा १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएपछि वनमन्त्री शाहीले भट्टराईलाई खानेकुरा खुवाएका हुन् ।
अनसन तोडिएपछि भट्टराईले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि सवैले योगदान गर्नुपर्ने बताए । उनले  आफुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

सहमतिमा बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गरि पहिलो चरणमा वनमन्त्रालय अन्तर्गतका सबै निकायमा प्रयोग सु? गर्ने उल्लेख छ ।

त्यस्तै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गर्ने, जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी बनाउने लगाएत सहमति भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै