नेभिगेशन
समाज

बागमतीका मुख्यमन्त्री लामाले घोषणा गरे राजीनामा, प्रदेश प्रमुख नभेटिँदा बुझाउन पाएनन्

बाग्मती । बाग्मती । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आज साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका छन् । भोलि प्रदेश प्रमुख हेटौँडा आएपछि उनलाई नै राजीनामा पत्र बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिए । 

Ncell
Extreme Energy

यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन् । 

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पार्टीभित्रको बृहत् छलफलपश्चात् राजनीतिक मूल्य, मान्यता स्थापित गर्न उचित ठानेर पार्टी सभापतिले आपसी समझदारीमा सरकार सञ्चालन गर्नेगरी मार्ग प्रशस्त गर्न गर्नुभएकाले आफूले राजीनामा दिन लागेको बताए । उनले नवनिर्वाचित पार्टी संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्रीका रुपमा आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवादज्ञापन गर्दै मुख्यमन्त्री लामाले तहगत सरकार र प्रदेशसभामा प्रतिनिधत्व गर्ने सबै दलसँग प्रभावकारी समन्वयमार्फत प्रदेशवासीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशातर्फ सरकार उन्मुख रहेको उल्लेख गरे । गत वर्षको बाढी र पहिरोबाट सिर्जित विपद्को सामना र पुनर्निर्माणमा सीमित स्रोत र साधनको बाबजुद प्रदेशको बलियो उपस्थिति जनाएको उनको जिकिर थियो । 

आफूले इमान्दारितापूर्वक काम गरे पनि प्रदेश सरकार अचानक ढाल्ने प्रपञ्चले स्थिरता र स्थायित्वको प्रतिबद्धतामाथि प्रश्न उठेका मुख्यमन्त्री लामाको भनाइ छ । “यस्तै षडयन्त्र र प्रपञ्च परम्पराका रूपमा स्थापित भएमा र अन्य प्रदेशमा पनि यस्ता कार्य सुरु भएमा देश कता जान्छ रु यो घटनाले गम्भीर प्रश्न मात्रै होइन लोकतान्त्रिक गणतन्त्रमाथि नै खतराको आशङ्का जन्माएको छ”, उनले भने, “संविधानले त मलाई मुख्यमन्त्रीमा अझै सुरक्षित नै गरेको थियो, तर पार्टीभित्रको बृहत्तर छलफलपश्चात् विधि, पद्धति मूल्य र मान्यता स्थापित गर्नु उचित ठानेर र पार्टी सभापतिको आग्रहमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको हुँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

‘पुनर्गठन भन्नेबित्तिकै अध्यक्ष नै हटाउन खोजेजस्तो बुझियो। हामी अहिले राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन गर्न गइरहेका छैनौं । यी प्रक्रिया भर्खर पूरा गरेर आएका छौं । विशेष महाधिवेशनको पनि...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।
दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न सभामुखसमक्ष पठाएको औपचारिक पत्र अन्ततः प्रदेशसभामा दर्ता भएको छ।