नेभिगेशन
मुख्य समाचार

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ । 

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि  चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उनले भने, “महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” 

उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामूहिक रूपमा सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौँः प्रचण्ड

सामूहिक रूपमा सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौँः प्रचण्ड

उनले मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उनले बताए । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषि देखिएकालाई कारवाही गर्नेगरि छानबिन समितिले प्रतिवेदन...
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेस

मुख्यमन्त्री बहादुरसिंह लामाले स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।
सदनमा सांसदहरुको प्रश्नः बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

सदनमा सांसदहरुको प्रश्नः बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार...
मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाए, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू

मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाए, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू

प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । “मुख्यमन्त्री लामाको राजीनामा पत्र...

भर्खरै