नेभिगेशन
समाज

रास्वपाको घोचपेचः  ‘सरकारलाई त छैन होला, हामीलाई लाज लागिसक्यो–के के को मात्र विरोध गर्ने ?’

तपाईँको मन्त्रीहरुको अनुहारमा धुलो छ, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमना आज पनि विरोध जारी राखेको छ । बैठक सुरु हुने वित्तिकै सांसदहरुले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम शाहलाई बोल्ने समय दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा केही दिन अघि प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई व्यवस्था विरोधी र संसद विरोधी भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसको जवाफ फर्काए । गालिवका कविता वाचन गर्दै उनले भने, ‘तपाईँको मन्त्रीहरुको अनुहारमा धुलो छ, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’ 

Ncell
Extreme Energy

उनले भिजिट भिसाको नाममा मानव तस्करी गर्नेहरुको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । ‘जनताले यो प्रकरण विर्सनेछन् भन्ने नसोच्नुहोला । जनाताले बिर्सने छैनन् । हामी कुनै हालतमा बिर्सन दिने छैनौँ । 

‘यो कस्तो परम्परा नयाँ हो ? भ्रष्ट्राचारको अडियो आयो । घुस मागेको प्रमाण आयो । अनी राजीनामा दिएपछि सबै पाप पखालियो ? राजीनामा भनेको त भ्रष्ट्राचारको पापबाट मुक्ति पाउने पाउने गंगस्नान पो भएन ।’ उनले भने । 

उनले तत्कालिन मन्त्री राजकुमार गुप्ताको अडियो सार्वजनिक भएपछि राजीनामा छानबिनको फाइल बन्द भएको आरोप लगाए । त्यस्तै सोही अडियोमा नाम पोलिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई अदृश्य संरक्षण किन दिइएको छ भन्दै प्रश्न गरे । उनले हुँदै नभएको कार्यक्रम बनाएर सरकारी खर्चमा विदेश सयर गर्ने वनमन्त्रीको पनि विषय उठाए । ‘सरकारलाई लाज छैन होला । हामीलाई लाज लागिसक्यो । हामीले के के को मात्र विरोध गर्ने ?’ 

उनले नैतिका छ भने अनुसन्धानको झाडु सिंहदरवारटै सुरु गर्न सुझाव दिए । उनले आफूहरु संसदको विरोधी नभएको बताए । र भिजिट भिसामा छानबिनको माग गर्दै सुरु भएको आफूहरुको आन्दोलन जारी रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...