नेभिगेशन
मुख्य समाचार

रास्वपाको घोचपेचः  ‘सरकारलाई त छैन होला, हामीलाई लाज लागिसक्यो–के के को मात्र विरोध गर्ने ?’

तपाईँको मन्त्रीहरुको अनुहारमा धुलो छ, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमना आज पनि विरोध जारी राखेको छ । बैठक सुरु हुने वित्तिकै सांसदहरुले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम शाहलाई बोल्ने समय दिए । 

सो क्रममा केही दिन अघि प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई व्यवस्था विरोधी र संसद विरोधी भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसको जवाफ फर्काए । गालिवका कविता वाचन गर्दै उनले भने, ‘तपाईँको मन्त्रीहरुको अनुहारमा धुलो छ, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’ 

City Express

उनले भिजिट भिसाको नाममा मानव तस्करी गर्नेहरुको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । ‘जनताले यो प्रकरण विर्सनेछन् भन्ने नसोच्नुहोला । जनाताले बिर्सने छैनन् । हामी कुनै हालतमा बिर्सन दिने छैनौँ । 

‘यो कस्तो परम्परा नयाँ हो ? भ्रष्ट्राचारको अडियो आयो । घुस मागेको प्रमाण आयो । अनी राजीनामा दिएपछि सबै पाप पखालियो ? राजीनामा भनेको त भ्रष्ट्राचारको पापबाट मुक्ति पाउने पाउने गंगस्नान पो भएन ।’ उनले भने । 

उनले तत्कालिन मन्त्री राजकुमार गुप्ताको अडियो सार्वजनिक भएपछि राजीनामा छानबिनको फाइल बन्द भएको आरोप लगाए । त्यस्तै सोही अडियोमा नाम पोलिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई अदृश्य संरक्षण किन दिइएको छ भन्दै प्रश्न गरे । उनले हुँदै नभएको कार्यक्रम बनाएर सरकारी खर्चमा विदेश सयर गर्ने वनमन्त्रीको पनि विषय उठाए । ‘सरकारलाई लाज छैन होला । हामीलाई लाज लागिसक्यो । हामीले के के को मात्र विरोध गर्ने ?’ 

उनले नैतिका छ भने अनुसन्धानको झाडु सिंहदरवारटै सुरु गर्न सुझाव दिए । उनले आफूहरु संसदको विरोधी नभएको बताए । र भिजिट भिसामा छानबिनको माग गर्दै सुरु भएको आफूहरुको आन्दोलन जारी रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप गरेको सार्वजनिक गरेका छन् । साथै उनले अन्य थप तीवनटा निर्णय सार्वजनिक गरेका...
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ । उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो ।
सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

मंगलबारबाट केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुनः बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

आफुले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उनले जति समय प्राधिकरणमा रहेपनि सुधार गरेर नै विदा लिने बताए ।