नेभिगेशन
समाज

विरोधका बिच सभामुखले संसद बैठक अघि बढाएपछि रास्वपा र राप्रपाद्वारा सदन बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सदन बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले संसद सुरु भएको घोषणा गर्नेवित्तिकै दुवै दलका सांसदहरुले उठेर बिरोध जनाएका थिए । त्यसपघि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम शाहलाई आफ्ना कुरा राख्न समय दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई व्यवस्था विरोधी र संसद विरोधी भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसको जवाफ फर्काए । गालिवका कविता वाचन गर्दै उनले भने,  ‘तपाईँको मन्त्रीहरुको अनुहारमा धुलो छ, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’ 

Ncell
Extreme Energy

उनले भिजिट भिसाको नाममा मानव तस्करी गर्नेहरुको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । ‘जनताले यो प्रकरण विर्सनेछन् भन्ने नसोच्नुहोला । जनाताले बिर्सने छैनन् । हामी कुनै हालतमा बिर्सन दिने छैनौँ ।’ 
उनले घुस खाने मन्त्रीलाई राजीनामा गराएर फाइल बन्द गराइएको र अरु नाम पोलिएकालाई उन्मुक्ति दिइएको आरोप लगाए । उनले भिजिट भिसामा छानबिनको माग गर्दै सुरु भएको आफूहरुको आन्दोलन जारी रहेको बताए ।

त्यसपछि सभामुख घिमिरेले राप्रपा सांसद ध्रुबबहादुर प्रधानलाई आफ्नो कुरा राख्न समय दिएका थिए । उनले भिजिट भिसामा समस्या नभएको बताउँदै नियतमा समस्या भएको बताए । उनले भिजिट भिसा प्रकरणमा भएको बदमासीको विरोध गर्दा कार्यकारी प्रमुखबाट राप्रपा र रास्वपालाई व्वस्था विरोधी भन्नु खेदजनक भएको बताए । 

‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ,’ उनले भने । 

उनीहरुको बिरोधका बाबजुद पनि सभामुखले बैठकलाई निरन्तरता दिएपछि दुबै सांसदहरुले  बैठक बहिष्कार गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...