नेभिगेशन
मुख्य समाचार

विरोधका बिच सभामुखले संसद बैठक अघि बढाएपछि रास्वपा र राप्रपाद्वारा सदन बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सदन बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले संसद सुरु भएको घोषणा गर्नेवित्तिकै दुवै दलका सांसदहरुले उठेर बिरोध जनाएका थिए । त्यसपघि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम शाहलाई आफ्ना कुरा राख्न समय दिए । 

सो क्रममा उनले प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई व्यवस्था विरोधी र संसद विरोधी भनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसको जवाफ फर्काए । गालिवका कविता वाचन गर्दै उनले भने,  ‘तपाईँको मन्त्रीहरुको अनुहारमा धुलो छ, ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’ 

उनले भिजिट भिसाको नाममा मानव तस्करी गर्नेहरुको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । ‘जनताले यो प्रकरण विर्सनेछन् भन्ने नसोच्नुहोला । जनाताले बिर्सने छैनन् । हामी कुनै हालतमा बिर्सन दिने छैनौँ ।’ 
उनले घुस खाने मन्त्रीलाई राजीनामा गराएर फाइल बन्द गराइएको र अरु नाम पोलिएकालाई उन्मुक्ति दिइएको आरोप लगाए । उनले भिजिट भिसामा छानबिनको माग गर्दै सुरु भएको आफूहरुको आन्दोलन जारी रहेको बताए ।

त्यसपछि सभामुख घिमिरेले राप्रपा सांसद ध्रुबबहादुर प्रधानलाई आफ्नो कुरा राख्न समय दिएका थिए । उनले भिजिट भिसामा समस्या नभएको बताउँदै नियतमा समस्या भएको बताए । उनले भिजिट भिसा प्रकरणमा भएको बदमासीको विरोध गर्दा कार्यकारी प्रमुखबाट राप्रपा र रास्वपालाई व्वस्था विरोधी भन्नु खेदजनक भएको बताए । 

‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ,’ उनले भने । 

उनीहरुको बिरोधका बाबजुद पनि सभामुखले बैठकलाई निरन्तरता दिएपछि दुबै सांसदहरुले  बैठक बहिष्कार गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।