नेभिगेशन
समाज

कांग्रेसको प्रश्नः रास्वपा र राप्रपाको सदन बहिष्कार कति दिन चल्ने हो ?

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना कुरा राखेर सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाको अभ्यासको विरोध गरेका छन् । उनले ७० दिनदेखि यही र यस्तै चल्दै आएको भन्दै कति दिन सम्म चल्ने हो भन्दै प्रश्न गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतै नजाने कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको ?’ 

Ncell
Extreme Energy

उनले रास्वपा र राप्रपाले झुटो कुराको प्रचार गरेर आम जनतालाई भ्रमित पार्ने काम गरेको आरोप लगाए । ‘संसदलाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ । यसमा नेपाली कांग्रेसको गम्भीर आपत्ति छ ।’ 

उनले यो प्रथालाई अन्त्य नगरिए संसदको गरिमा, महत्व बाँकी नरहने तर्क गरे । उनले भोलिका दिनमा सबै सांसदहरु प्रतिवादमा उभिन पर्ने आवशयकता हुनसक्ने बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...