नेभिगेशन
मुख्य समाचार

कांग्रेसको प्रश्नः रास्वपा र राप्रपाको सदन बहिष्कार कति दिन चल्ने हो ?

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना कुरा राखेर सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाको अभ्यासको विरोध गरेका छन् । उनले ७० दिनदेखि यही र यस्तै चल्दै आएको भन्दै कति दिन सम्म चल्ने हो भन्दै प्रश्न गरे । 

‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतै नजाने कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको ?’ 

उनले रास्वपा र राप्रपाले झुटो कुराको प्रचार गरेर आम जनतालाई भ्रमित पार्ने काम गरेको आरोप लगाए । ‘संसदलाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ । यसमा नेपाली कांग्रेसको गम्भीर आपत्ति छ ।’ 

उनले यो प्रथालाई अन्त्य नगरिए संसदको गरिमा, महत्व बाँकी नरहने तर्क गरे । उनले भोलिका दिनमा सबै सांसदहरु प्रतिवादमा उभिन पर्ने आवशयकता हुनसक्ने बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।