नेभिगेशन
मुख्य समाचार

सदनमा सांसदहरुको प्रश्नः बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सांसदहरूले आपत्ति जनाए । 

City Express

सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गरिन् । “समाजमा महिलाहिंसाको दर उच्च छ । यस्तो संवेदनशील विषयमा कानुन निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढङ्गले हुनुपर्छ”, उनले भनिन् । 

सांसद रुपा सो.शी (चौधरी)ले पनि यो विषयको सत्यताका बारेमा प्रश्न उठाउँदै भनिन्, “महिलाहरू आज पनि आफ्नो अधिकारका लागि सङ्घर्षरत छन्, त्यही बेला बहुविवाहलाई वैधानिकता दिने विषय आउनु गम्भीर विषय हो ।”

सांसद रमा कोइराला पौड्यालले पनि बहुविवाहसम्बन्धी कानुनी मस्यौदा संसद्मा नआइपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा हुनु आफैँमा चिन्ताको विषय भएको बताइन् । उनले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

महावीर पुनको निर्देशनःहरेक विद्यालयमा कम्प्युटर शिक्षक, तीन महिनामा रिजल्ट ननिकाले विश्वविद्यालयको अनुदान रोकिने

सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप गरेको सार्वजनिक गरेका छन् । साथै उनले अन्य थप तीवनटा निर्णय सार्वजनिक गरेका...
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, यसरी मिलाइदै छ व्यवस्था

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ । उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो ।
सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

सकिएन रास्वपाको केन्द्रीय समिति बैठक, भोली एक बजे बस्ने

मंगलबारबाट केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुनः बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक सिलवाल

आफुले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उनले जति समय प्राधिकरणमा रहेपनि सुधार गरेर नै विदा लिने बताए ।