नेभिगेशन
मुख्य समाचार

सामूहिक रूपमा सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौँः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्डले पार्टीलाई एकतावद्ध गर्ने चूनौति जिम्मेवारीपूर्वक पुरा गरेको बताएका हुन् । 

उनले सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्पको सामूहिक प्रतिबद्धता गरिएको जानकारी दिए । उनले भने ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामूहिक प्रतिवद्धता गरेका छौँ। सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौँ ।’

उनले मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उनले बताए । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषि देखिएकालाई कारवाही गर्नेगरि छानबिन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे । 

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव जनार्दन शर्माले सबै एजेण्डामाथि बैठकमा खुला रुपमा छलफल भएको बताए । बैचारिक, राजनीतिक, सांगठनीक सबैका सन्दर्भमा गम्भीर रुपमा बहस भएको उनको भनाइ छ । 

चार दिनदेखि जारी माओवादीको स्थायी कमिटी बैठक सोमबार नै सम्पन्न भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।