नेभिगेशन
समाज

घर छाडेको ११ दिनपछि गोलान्जोर फर्किए हायू परिवार, वडाध्यक्षले दिए नयाँ बसोबासको ग्यारेन्टी

सिन्धुली । घर छाडेर हिँडेका सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ का हायू समुदायका १९ जना सदस्य ११ दिनपछि सोमबार घर फर्किएका छन्। उनीहरू वडाध्यक्ष रविन श्रेष्ठको संयोजनमा पोखराबाट सिन्धुली फर्किएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, फर्किए पनि उनीहरूले अब आफ्नै पुरानो घरमा भने नबस्ने निर्णय लिएका छन्। पुरानो घरमा बिरामी पर्न थालेको भन्दै बस्न अस्वीकार गरेपछि वडाध्यक्ष श्रेष्ठले तत्कालका लागि आफ्नै घरमा बस्न मिल्ने व्यवस्था गरेका छन्। साथै, नयाँ ठाउँमा जग्गा किनेर घर बनाइदिने सहमति भएको छ।

Ncell
Extreme Energy

“अब उहाँहरू पहिलेको घरमा जानुहुन्न। तत्काल मेरै घरमा बस्नुहुन्छ। जग्गा खोजेर नयाँ घर बनाइदिन्छौँ, अनि त्यहाँ सर्नुहुन्छ,” वडाध्यक्ष श्रेष्ठले बताए।

फर्किएकामध्ये १६ जना परिवारका सदस्य र तीन जना आफन्त छन्। ८ गते राति गाडीमा सिन्धुलीबाट निस्किएका उनीहरू सुरुमा पोखराको होटलमा बसेका थिए, त्यसपछि गगनगौँडामा गएर केही दिन दुई घरमा बसे। प्रहरी र स्थानीयले फेला पारेपछि मात्र उनीहरूको अवस्थाबारे थाहा भएको हो।

हायू परिवारले आफूहरू बस्दै आएको घर बिरामी हुने ठाउँ भएकाले छाडेको बताएका छन्। “त्यो ठाउँमा सन्चो भएन, सिटामोल पाउन पनि गाह्रो हुन्थ्यो,” उनीहरूले बताएका छन्।

पोखरा महानगरपालिकाले बस्ने व्यवस्था गरिरहेको थियो। सोमबार पोखरा महानगरका मेयर धनराज आचार्यले वडाध्यक्ष श्रेष्ठलाई जिम्मा लगाएर विदाइ गरेका थिए।

उनीहरूमाथि करिब साढे ८ लाख रुपैयाँ ऋण रहेको बताइएको छ, जुन छोरालाई विदेश पठाउने र घर खर्च गर्दा लागेको हो। सो ऋण तिर्न गाउँपालिकाको समन्वयमा सहयोग जुटाइने पनि वडाले जानकारी दिएको छ। गाउँपालिकाबाट हायू परिवारले मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँ भत्ता पाइरहेका छन्।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीको संयोजनमा घर फर्किएको यो घटनाले विस्थापन, संस्कृति संरक्षण र राज्यको दायित्वबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।