नेभिगेशन
मुख्य समाचार

घर छाडेको ११ दिनपछि गोलान्जोर फर्किए हायू परिवार, वडाध्यक्षले दिए नयाँ बसोबासको ग्यारेन्टी

सिन्धुली । घर छाडेर हिँडेका सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ का हायू समुदायका १९ जना सदस्य ११ दिनपछि सोमबार घर फर्किएका छन्। उनीहरू वडाध्यक्ष रविन श्रेष्ठको संयोजनमा पोखराबाट सिन्धुली फर्किएका हुन्।

तर, फर्किए पनि उनीहरूले अब आफ्नै पुरानो घरमा भने नबस्ने निर्णय लिएका छन्। पुरानो घरमा बिरामी पर्न थालेको भन्दै बस्न अस्वीकार गरेपछि वडाध्यक्ष श्रेष्ठले तत्कालका लागि आफ्नै घरमा बस्न मिल्ने व्यवस्था गरेका छन्। साथै, नयाँ ठाउँमा जग्गा किनेर घर बनाइदिने सहमति भएको छ।

“अब उहाँहरू पहिलेको घरमा जानुहुन्न। तत्काल मेरै घरमा बस्नुहुन्छ। जग्गा खोजेर नयाँ घर बनाइदिन्छौँ, अनि त्यहाँ सर्नुहुन्छ,” वडाध्यक्ष श्रेष्ठले बताए।

फर्किएकामध्ये १६ जना परिवारका सदस्य र तीन जना आफन्त छन्। ८ गते राति गाडीमा सिन्धुलीबाट निस्किएका उनीहरू सुरुमा पोखराको होटलमा बसेका थिए, त्यसपछि गगनगौँडामा गएर केही दिन दुई घरमा बसे। प्रहरी र स्थानीयले फेला पारेपछि मात्र उनीहरूको अवस्थाबारे थाहा भएको हो।

हायू परिवारले आफूहरू बस्दै आएको घर बिरामी हुने ठाउँ भएकाले छाडेको बताएका छन्। “त्यो ठाउँमा सन्चो भएन, सिटामोल पाउन पनि गाह्रो हुन्थ्यो,” उनीहरूले बताएका छन्।

पोखरा महानगरपालिकाले बस्ने व्यवस्था गरिरहेको थियो। सोमबार पोखरा महानगरका मेयर धनराज आचार्यले वडाध्यक्ष श्रेष्ठलाई जिम्मा लगाएर विदाइ गरेका थिए।

उनीहरूमाथि करिब साढे ८ लाख रुपैयाँ ऋण रहेको बताइएको छ, जुन छोरालाई विदेश पठाउने र घर खर्च गर्दा लागेको हो। सो ऋण तिर्न गाउँपालिकाको समन्वयमा सहयोग जुटाइने पनि वडाले जानकारी दिएको छ। गाउँपालिकाबाट हायू परिवारले मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँ भत्ता पाइरहेका छन्।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीको संयोजनमा घर फर्किएको यो घटनाले विस्थापन, संस्कृति संरक्षण र राज्यको दायित्वबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै