नेभिगेशन
समाज

डिल्लीबजार कारागारबाट रिहा भए दुर्गा प्रसाईँ

काठमाडौँ । दुर्गा प्रसाई कारागारबाट रिहा भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनस्थापनका लागि गरिएको जनआन्दालनको जनकमान्डर तोकिएका प्रसाईंलाई  बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई लिन नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा पनि डिल्लीबजार कारागार पुगेका थिए । त्यस्तै ठूलो संख्यामा उनका समर्थकहरु उनलाइए स्वागत गर्न डिल्लीबजार कारागार परिसरमा जम्मा भएका थिए । 

Ncell
Extreme Energy

शर्माका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि प्रसाईलाई आफ्नो जिम्मा सीआईबीको जिम्मा लगाउन भन्दै पत्र गएको थियो । तर आज भने प्रसाईं घर गएको उनले जानकारी दिए । ‘आजका लागि उहाँ घर जानुभएको छ । संभवतः आज सीआईबीले उहाँलाई पक्राउ गर्दैन होला ।’ शर्माले भने । 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले बैङ्किङ कसुरमा रु २५ लाख धरौटीमा छाड्न आदेश गरेको हो । आदेशमा भनिएको छ, “घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सहप्रतिवादीहरुले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन व्यहोरा समेतलाई मध्यनजर गरी मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरुबाट यी प्रतिवादी दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था देखिएन ।” 
    
त्यसैगरी आजै, उच्च अदालत पाटनका न्यायाधीश टङ्कप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ गते राजावादीको आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ । सो मुद्दामा रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो । 

अदालतले प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । प्रसाईंले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइपछि धरौटीमा छाड्ने आदेश भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...