नेभिगेशन
मुख्य समाचार

रास्वपाले ३ बजे बोलायो सचिवालय बैठक, कुसुम महर्जनको निवेदनमाथि छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही ३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ ।

यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान ब्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर  लगायत विविध विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए ।

यस्तै समानुपातिक  सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाउन दिएको निवेदन माथि छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए । 
रुपन्देही स्थायी घर भएकी कुसुम महर्जनले उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षसहित पार्टीमा समानुपातिक सूचिबाट नाम हटाउन निवेदन दिएकी छिन् ।

महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको  समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै