नेभिगेशन
समाज

रास्वपाले ३ बजे बोलायो सचिवालय बैठक, कुसुम महर्जनको निवेदनमाथि छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही ३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान ब्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर  लगायत विविध विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए ।

Ncell
Extreme Energy

यस्तै समानुपातिक  सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाउन दिएको निवेदन माथि छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए । 
रुपन्देही स्थायी घर भएकी कुसुम महर्जनले उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षसहित पार्टीमा समानुपातिक सूचिबाट नाम हटाउन निवेदन दिएकी छिन् ।

महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको  समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।