नेभिगेशन
समाज

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

काठमाडौँ। बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो। सन् २०२४ मा १४३औं स्थानमा थियो। सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो। बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो। यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।  

Ncell
Extreme Energy

कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो। यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो। यही व्यापारिक रफ्तारका कारण बीवाईडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको छ। जसका कारण बीवाईडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको छ।   
बीवाईडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो। कम्पनी “प्रविधिमा-आधारित, इनोभेसन केन्द्रित” दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धी हासिल गर्न सफल भएकोमा विश्वास गर्छ। 

सन् २०२४ मा बीवाईडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो। कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाईसमेत उछिनेको छ। विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४)मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ। आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङलगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको छ।

सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ ।
यो वर्षको पहिलो ६ महिनामा बीवाईडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीन बाहिर) बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ। कम्पनीले ओभरसिज लोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोल्नुलाई मानेको छ। यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि बीवाईडीको ओभरसिज लोकलाइजेसनकै प्रयत्न हो। 
आजको दिनसम्म बीवाईडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरुमा उपलब्ध छ। 

बीवाईडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। आगामी दिनमा नवीनतम् प्रविधि र विश्वव्यापी उपस्थितिमार्फत बीवाईडीले " कुल द अर्थ बाइ १ डिग्री सेल्सियस " महत्त्वपूर्ण लक्ष्यसहित दिगो विकासका लागि प्रयत्नहरु जारी नै राख्नेछ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
एमालेले  'देशद्रोही भाष्य र घेराबन्दी'  डटेर सामान गर्छः केपी ओली

एमालेले 'देशद्रोही भाष्य र घेराबन्दी' डटेर सामान गर्छः केपी ओली

उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी...
मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्री पोखरेलले सार्वजनिक गरेकाे पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम...
सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौं,” मन्त्री गौतमले भनिन्, “पूर्वाधार निर्माणमा हुने...