नेभिगेशन
मुख्य समाचार

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल

काठमाडौँ। बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो। सन् २०२४ मा १४३औं स्थानमा थियो। सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ।   

गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो। बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो। यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।  

कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो। यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो। यही व्यापारिक रफ्तारका कारण बीवाईडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको छ। जसका कारण बीवाईडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको छ।   
बीवाईडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो। कम्पनी “प्रविधिमा-आधारित, इनोभेसन केन्द्रित” दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धी हासिल गर्न सफल भएकोमा विश्वास गर्छ। 

सन् २०२४ मा बीवाईडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो। कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाईसमेत उछिनेको छ। विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४)मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ। आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङलगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको छ।

सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ ।
यो वर्षको पहिलो ६ महिनामा बीवाईडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीन बाहिर) बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ। कम्पनीले ओभरसिज लोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोल्नुलाई मानेको छ। यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि बीवाईडीको ओभरसिज लोकलाइजेसनकै प्रयत्न हो। 
आजको दिनसम्म बीवाईडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरुमा उपलब्ध छ। 

बीवाईडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। आगामी दिनमा नवीनतम् प्रविधि र विश्वव्यापी उपस्थितिमार्फत बीवाईडीले " कुल द अर्थ बाइ १ डिग्री सेल्सियस " महत्त्वपूर्ण लक्ष्यसहित दिगो विकासका लागि प्रयत्नहरु जारी नै राख्नेछ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै