नेभिगेशन
समाज

भिजिट भिसा प्रकरण सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत होः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा न्यायिक आयोग र संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले आज पनि संसदमा विरोध गरेको । भिजिट भिसाको नाममा भएको संगठित भ्रष्टाचारले राष्ट्रकै प्रतिष्ठामा धब्बा लागेको रास्वपा सांसद विराजभक्त श्रेष्ठले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो केबल व्यक्तिगत भुल होइन । प्रशासमिक त्रुटी होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत हो । र यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न प्रत्येका नेपालीको मनमा छ ।’ 

Ncell
Extreme Energy

उनले यो प्रकरणको सत्य पूर्णरुपमा बाहिर नआएको भन्दै अहिले बनेको छानबिन समिति टलटुले समिति भएको बताए । ‘भिजिट भिसा प्रकरणको दिर्घकालिन समाधान र गहिरो अनुसन्धानका लागि न्यायीक आयोग वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दछौँ ।’ 

उनले सरकार दोषीलाई कारबाही गर्नबाट पन्छिन खोजेको र दलाल संरचनालाई ढकछोप गर्न तल्लिन रहेको आरोप लगाए । जबसम्म यो प्रकरणको न्यायोचित सम्बोधन भई चित्तबुझ्दो र ठोस कारबाही हुँदैन, तबसम्म यो मुद्दा निरन्तर उठाउने सांसल श्रेष्ठले बताए । उनले रास्वपाको आन्दोलन जारी रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...