नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरण सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत होः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा न्यायिक आयोग र संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले आज पनि संसदमा विरोध गरेको । भिजिट भिसाको नाममा भएको संगठित भ्रष्टाचारले राष्ट्रकै प्रतिष्ठामा धब्बा लागेको रास्वपा सांसद विराजभक्त श्रेष्ठले बताए । 

‘यो केबल व्यक्तिगत भुल होइन । प्रशासमिक त्रुटी होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत हो । र यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न प्रत्येका नेपालीको मनमा छ ।’ 

उनले यो प्रकरणको सत्य पूर्णरुपमा बाहिर नआएको भन्दै अहिले बनेको छानबिन समिति टलटुले समिति भएको बताए । ‘भिजिट भिसा प्रकरणको दिर्घकालिन समाधान र गहिरो अनुसन्धानका लागि न्यायीक आयोग वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दछौँ ।’ 

उनले सरकार दोषीलाई कारबाही गर्नबाट पन्छिन खोजेको र दलाल संरचनालाई ढकछोप गर्न तल्लिन रहेको आरोप लगाए । जबसम्म यो प्रकरणको न्यायोचित सम्बोधन भई चित्तबुझ्दो र ठोस कारबाही हुँदैन, तबसम्म यो मुद्दा निरन्तर उठाउने सांसल श्रेष्ठले बताए । उनले रास्वपाको आन्दोलन जारी रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...