नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपा द्वारा संसद बहिष्कार

काठमाडौं ।  रास्वपा र राप्रपाका सांसदहरुले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद बहिष्कार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरण गम्भीर मानवतस्करीको बिषय भएकाले छानविन समिति गठन गर्नुपर्ने माग राख्दै सदन बहिष्कार गरेका हुन् । त्यसअघि संसद बैठक सुरु हुने बितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

Ncell
Extreme Energy

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा दलका नेता विराजभक्त श्रेष्ठलाई बोल्न समय दिए ।  श्रेष्ठले नेपाली युवाहरु रोजगारी र शिक्षाका लागि अवसरका लागि विदेश जान बाध्य भएपनि भिजिट भिसाका नाममा भ्रष्टाचार हुनु जायज नभएको बताए ।उनले सवैको मिलोमतोमा भएको भ्रष्टाचारको अन्त्य गर्न संसदीय छानविन गर्न माग गरे । सरकारले बनाएको समिति टालटुले समितिमात्रै भएको उनले बताए । 

त्यस्तै राप्रपा सांसद दिपक बहादुर सिंहले भिजिट भिसा प्रकरणमा विरोध गर्नेमाथि प्रतिवाद गर्ने कांग्रेस सासंदको अभिव्यक्तिप्रति आपत्ति जनाए । भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले समेत कुनै वास्ता नगरेको भन्दै विदेशमा रोजगारी खोज्न जानेमाथि भ्रष्टाचार गर्नेमाथि छानविन हुनुपर्ने उनले बताए । उनले सदन बहिष्कार गर्दा राप्रपाले पाउने भत्ता समेत नलिएको जिकिर गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...