नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपा द्वारा संसद बहिष्कार

काठमाडौं ।  रास्वपा र राप्रपाका सांसदहरुले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद बहिष्कार गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरण गम्भीर मानवतस्करीको बिषय भएकाले छानविन समिति गठन गर्नुपर्ने माग राख्दै सदन बहिष्कार गरेका हुन् । त्यसअघि संसद बैठक सुरु हुने बितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा दलका नेता विराजभक्त श्रेष्ठलाई बोल्न समय दिए ।  श्रेष्ठले नेपाली युवाहरु रोजगारी र शिक्षाका लागि अवसरका लागि विदेश जान बाध्य भएपनि भिजिट भिसाका नाममा भ्रष्टाचार हुनु जायज नभएको बताए ।उनले सवैको मिलोमतोमा भएको भ्रष्टाचारको अन्त्य गर्न संसदीय छानविन गर्न माग गरे । सरकारले बनाएको समिति टालटुले समितिमात्रै भएको उनले बताए । 

त्यस्तै राप्रपा सांसद दिपक बहादुर सिंहले भिजिट भिसा प्रकरणमा विरोध गर्नेमाथि प्रतिवाद गर्ने कांग्रेस सासंदको अभिव्यक्तिप्रति आपत्ति जनाए । भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले समेत कुनै वास्ता नगरेको भन्दै विदेशमा रोजगारी खोज्न जानेमाथि भ्रष्टाचार गर्नेमाथि छानविन हुनुपर्ने उनले बताए । उनले सदन बहिष्कार गर्दा राप्रपाले पाउने भत्ता समेत नलिएको जिकिर गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...