नेभिगेशन
मुख्य समाचार

ज्यान मार्ने उद्योगको कसुरमा तार्केश्वर ११ का वडा अध्यक्ष बस्नेतसहित ११ जना पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार वडा अध्यक्ष बस्नेत सहित प्रहरीमा पुगेका  ११ जनालाई नियन्त्रणमा लिइएको हो ।  असार २३ गते तार्केश्वर ११  र काठमाडौँ १६ मा पर्ने  महादेव खोला करिडोर निमार्णका क्रममा वडा अध्यक्ष बस्नेत सहितका व्यक्तीहरुले दिनेशकुमार श्रेष्ठ माथी  आक्रमण गरी घाइते बनाएको  भन्दै उनकी श्रीमती चण्डीका श्रेष्ठले बालाजु प्रहरी वृतमा उजुरी दिएकी थिइन् । तर बालाजु प्रहरीले उजुरी दर्ता नगरेपछि प्रहरी परिसर काठमाडौँमा पुगेका थिए । त्यहाँ पनि उजुरी दर्ता नभएपछि पीडित पक्षले हुलाक मार्फत जाहेरी दर्ता गराएको थियो । 

हुलाक मार्फत जाहेरी दर्ता भएपनि अनुसन्धान अघि नबढेपछी पीडित पक्षले सरकारी वकिलको कार्यालय मार्फत जोहरी दिएका थिए । वडा अध्यक्ष सहितको आक्रमणबाट श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको थियो । 
एसपी चन्दका अनुसार १३ जना विरुद्ध जाहेरी परेपनि अहिले ११ जना मात्रै पक्राउ परेका छन् । अहिले उनीहरुमाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै