नेभिगेशन
समाज

ज्यान मार्ने उद्योगको कसुरमा तार्केश्वर ११ का वडा अध्यक्ष बस्नेतसहित ११ जना पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार वडा अध्यक्ष बस्नेत सहित प्रहरीमा पुगेका  ११ जनालाई नियन्त्रणमा लिइएको हो ।  असार २३ गते तार्केश्वर ११  र काठमाडौँ १६ मा पर्ने  महादेव खोला करिडोर निमार्णका क्रममा वडा अध्यक्ष बस्नेत सहितका व्यक्तीहरुले दिनेशकुमार श्रेष्ठ माथी  आक्रमण गरी घाइते बनाएको  भन्दै उनकी श्रीमती चण्डीका श्रेष्ठले बालाजु प्रहरी वृतमा उजुरी दिएकी थिइन् । तर बालाजु प्रहरीले उजुरी दर्ता नगरेपछि प्रहरी परिसर काठमाडौँमा पुगेका थिए । त्यहाँ पनि उजुरी दर्ता नभएपछि पीडित पक्षले हुलाक मार्फत जाहेरी दर्ता गराएको थियो । 

Ncell
Extreme Energy

हुलाक मार्फत जाहेरी दर्ता भएपनि अनुसन्धान अघि नबढेपछी पीडित पक्षले सरकारी वकिलको कार्यालय मार्फत जोहरी दिएका थिए । वडा अध्यक्ष सहितको आक्रमणबाट श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको थियो । 
एसपी चन्दका अनुसार १३ जना विरुद्ध जाहेरी परेपनि अहिले ११ जना मात्रै पक्राउ परेका छन् । अहिले उनीहरुमाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।